२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नागरिकलाई भारत लगिदै



अ+ अ-

काठमाडौं । भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।

विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो । 

दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ । भारत सरकारले यस अघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो ।