२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप २८ जनाले जिते कोरोना संक्रमण



अ+ अ-

काठमाडौं। नेपालमा थप २८ जनाले कोरोना संक्रमण जितेका छन् । प्रदेश १ को विराटनगरको कोसी अस्पताल, कोभिड(१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु बिहीबार डिस्चार्ज हुन लागेका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुने भएका छन् । उनीहरु मध्ये  २२ जना पुरुष र ६ जनामहिला छन ।

कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।