९ पुष २०८२, बुधबार
,
Latest
अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगको वित्तीय स्वायत्तता कायम रहनेगरी राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन निर्माण गर्न आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन आयोगको वित्तीय स्वायत्तता कायम रहनेगरी निर्माण गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान, कानूनअनुकुल हुनेगरी राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन संशोधन हुनुपर्न र यो दुई वर्षभित्र सक्न पनि सरकारसँग आग्रह गरेको बताउनु भयो । उहाँले पालको संविधानअनुकुल हुनेगरी राष्ट्रिय मानव अधिकार आयोगको वित्तीय स्वायत्तता कायम रहनेगरी आयोगको ऐन बनाउनुपर्ने सुझाव आफूहरुले दिएको बताउनु भयो ।

अध्यक्ष मगरले भन्नुभयो, ‘छाउपडीको बारेमा अन्वेषण भएको छ तर कार्यान्वनय भएको छैन । छाउगोठ भत्काइदिन्छ, फेरि छाउगोठ बनिरहेको छ । ऐन नभएको होइन, ऐन छ तर कार्यान्वयन राम्रोसँग भएको छैन । बालविवाहको कुरामा पनि हामीले सुझाव दिएका छौँ ।राष्ट्रिय मानव अधिकार आयोगको ऐन ड्राफ्ट भइरहेको छ । संविधान, कानूनअनुकुल हुनेगरी राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ऐन संशोधन गर्ने दुई वर्षभित्र भनिएको छ । नेपालको संविधानअनुकुल हुनेगरी राष्ट्रिय मानव अधिकार आयोगको वित्तीय स्वायत्तता कायम रहनेगरी आयोगको ऐन बनाउनुपर्ने सुझाव दिएका छौँ । ऐन चाँडै पास हुनुपर्छ ।’

अध्यक्ष मगरले उहाँले नेपालमा छाउपडी प्रथा ऐन नभएका कारण नरोकिएको नभइ कार्यान्वयन हुन नसक्दा जटिलता उत्पन्न भएको बताउनु भयो ।