२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्ड जस्ता भएः उपमहासचिव शर्मा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । कम्युनिष्ट पार्टीहरुभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरणहरु नै हराउँदै गएको उहाँको भनाइ छ । उहाँले जनवादी केन्द्रियताको कुरा गर्ने कम्युनिष्ट पार्टीहरुमा जनवाद हराउँदै गएको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरुको केन्द्रियता नोकरशाही केन्द्रियतामा परिणत भएको भन्दै समिक्षा गर्ने बेला भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज कम्युनिष्ट पार्टीभित्र प्रश्न सुन्न पनि सकिदैन । प्रश्न सुन्न नेतृत्व तयार हुदैन । जनताले प्रश्न गर्छ, हाकी कान सुनेर बस्छौं । यस्तो प्रवृत्ति विकास हुँदा हामी जनवादी केन्द्रीयताको कुरा गरिराखेका छौं । जनवाद समाप्त भयो । केन्द्रीयता मात्रै बाँच्यो । केन्द्रीयता पनि केन्द्रीयता रहेन नोकरशाही केन्द्रीयतामा बदलियो । त्यतिमा मात्र सिमित भएन त्यो सामन्ती निरङ्कुशतामा बदलियो । र कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डहरु जस्ता बन्न थाले । यो अवस्था आजको अवस्था हो ।’

उपमहासचिव शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरुले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको बताउनु भयो । कम्युनिष्ट पार्टीहरुले ९ पटक सरकारको नेतृत्व गरेको भएपनि देशमा गरिबी, दलित र जनजातिमाथिको उत्पीडन, महिला हिंसा र बेरोजगारी हटाउन नसक्नु गम्भीर समस्या भएको उहाँको भनाइ छ । उहाँले कम्युनिष्ट पार्टीहरु कुर्सीको खेलमा अल्मलिँदा जनताले निकाश नपाएको बताउनु भयो । उपमहासचिव शर्माले ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? के पूरा ग¥यौं वा किन गरेनौं ? यो गम्भीर प्रश्न छ । कम्युनिष्ट आन्दोलन सुधार गर्ने वा विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिष्ट नेताहरूले बोक्नुपर्ने उहाँको भारणा छ ।

उहाँले भन्नुभयो, ‘९ पटक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशो गरिबीको अवस्था, उत्पीडित जाति, दलितहरुको अत्याचार र महिला हिंसामाथिको अत्याचार जमाइराख्या छ । अहिले जनजातिका पहिचानका मुद्दाहरु हराइरहेका छन् । आज हाम्रा लाखौं युवाहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन् । आज हाम्रो देशको जमिन बाझो छ । खण्डहर बन्दै गएको छ । यही कम्युनिष्ट पार्टीप्रति फर्किएको इतिहासको सबैभन्दा कटु प्रश्न हो  । ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? के पुरा गर्यौं वा किन गरेनौं ? यो गम्भीर प्रश्न छ । यो राष्ट्र निर्माणसँग सम्बन्धीत, समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धीत, यो नयाँ विचार र सुशासन तथा सामाजिक अभियानसँग सम्बन्धीत प्रश्न हो ? यसको उत्तर आजका कम्युनिष्ट पार्टीहरुले दिनुपर्दछ । हाम्रो पार्टीका आचरण र व्यवहारलाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा हो । हामीले फेर्न सक्दा यसको उत्तर आउने छ । फेर्न नसक्दा यथास्थितिको गोलचक्करमा कम्युनिष्ट आन्दोलन हराएर समाप्त हुने छ । यसलाई विघटन हुने कि जनताको नियाँ विकल्पको रुपमा प्रश्न खडा भएको छ ।’

उहाँले ननेपालका कम्युनिष्ट नेताहरुले सेटिङमा असुली धन्दा गरेको ठहर भएकै जिकिर गर्नुभयो ।




भर्खरै