२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक अडान कमजोर हुन सक्ने सांसद मिश्रको चेतावनी राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिको अडानः आफू पछि नहट्ने, कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेकोमा चिन्तित



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने जिकिर गर्नुभएको छ ।

आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रस्ट पार्नुभएको हो । आफू पछि नहट्ने जनाउँदै कार्यकर्तालाई आतंकित पार्ने काम गरिएको भन्दै त्यसमा चिन्ता व्यक्त समेत गर्नुभयो ।

भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको आरोप समेत लगाउनुभयो ।

जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको उहाँको भनाई छ ।

आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको स्मरण गराउँदै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाउनुभयो ।

‘के दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ भन्ने बुझ्नुपर्दछ । अहिले जसरी कार्यकर्तालाई बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ यो सरासर गलत छ ।’

आफ्नो सदस्यता नवीकरण भइसकेको समेत दाबी गर्दै उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग पनि यस विषयमा कुरा भएको जनाउनुभयो ।




भर्खरै