काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे आज निर्णय गर्ने भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार च्यासलमा जारी केन्द्रीय कमिटीको आजको बैठकले भण्डारीबारे निर्णय गर्नेछ ।
आजको बैठकमा नेताहरुले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र सङ्गठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा धारणा राखेका थिए ।
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएका छन् ।
बैठकमा पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा सामान्य नभएकाले महत्त्वपूर्ण राजनीतिक निर्णय गर्नुपर्ने अधिकांशको मत रहेको छ । बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम बैठकको अन्तिमता सम्बोधन गदै केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेको गौतम बताउँछन् ।










