२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध नि:शुल्क औषधि वितरण



अ+ अ-

चन्द्रपुर, (रौतहट) । लम्पी स्किनका कारण रौतहटको चन्द्रपुरमा पाँच वटा दुहुनो गाई मरेपछि रोगविरुद्ध नि:शुल्क औषधि वितरण गरिएको छ । लम्पी स्किनको सङ्क्रमण नियन्त्रणका लागि सोमबारदेखि चन्द्रपुर नगरपालिकाले नि:शुल्क औषधि वितरण गर्न थालेको हो ।

लम्पी स्किनले खासगरी उन्नत जातका गाई मरेपछि नि:शुल्क औषधि वितरण गरिएको नगरपालिका पशु शाखाका प्रमुख डा सुलभ चौधरीले जानकारी दिनुभयो । रोगबाट बचाउन हाल ४८ परिवारलाई नि:शुल्क औषधि वितरण गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

डा चौधरीले औषधि लिनका लागि कार्यालयमा सम्पर्क राख्न किसानलाई आग्रह गर्दै हालसम्म नगरक्षेत्रका ५० भन्दा बढी पशुलाई सङ्क्रमण भइसकेको जानकारी दिनुभयो । सुरुआती चरणमा चन्द्रपुर–८ मर्धरटोलका कृष्ण गौतम र चन्द्रपुर–२ का आइतेसिंह कुश्वारको गाई मरेका जनाउँदै उहाँले हालसम्म लम्पी स्किनका कारण पाँच वटा गाई मरिसकेका उल्लेख गर्नुभयो ।

अहिलेसम्म नगरक्षेत्रका ४९ वटा गाई र एउटा भैँसीमा उक्त रोगको सङ्क्रमण देखापरेको डा चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ३ कार्यालयले आफ्नै बजेटबाट करिब दुई हजार २५० वटा गाईभैँसी तथा वडा नं ९ ले एक हजार ६०० भन्दाबढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाएको छ ।

पशुलाई उच्च ज्वरो आउने, डाबरका फोका आउनेलगायत लक्षण देखापर्ने डा चौधरीले जानकारी दिनुभयो । सो रोगविरुद्ध उपचार गर्न एउटा पशुलाई रु १० हजारदेखि रु १२ हजारसम्म खर्च लाग्ने जनाउँदै यहाँले यो सरुवा रोग भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्ने, गोठ सफा राख्ने, लामखुट्टेबाट जोगाउनेलगायत उपाय अपनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार लम्की स्किनविरुद्ध लड्न पशुसेवा कार्यालय चन्द्रनिगाहपुरले विभिन्न भिटामिन तथा औषधि वितरण गर्दै आएको छ ।

लम्की स्किन पशुमा लाग्ने प्राणघातक रोग भएकाले यसबाट चौपाया बचाउन नि:शुल्क औषधिको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बताउनुभयो । किसानको आम्दानीको स्रोत पशुपालन भएकाले यस्ता रोगको नि:शुल्क उपचार गरी पशुपालकलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियानका रूपमा औषधि वितरण गर्न पशु शाखालाई निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो । रासस