३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध नि:शुल्क औषधि वितरण



अ+ अ-

चन्द्रपुर, (रौतहट) । लम्पी स्किनका कारण रौतहटको चन्द्रपुरमा पाँच वटा दुहुनो गाई मरेपछि रोगविरुद्ध नि:शुल्क औषधि वितरण गरिएको छ । लम्पी स्किनको सङ्क्रमण नियन्त्रणका लागि सोमबारदेखि चन्द्रपुर नगरपालिकाले नि:शुल्क औषधि वितरण गर्न थालेको हो ।

लम्पी स्किनले खासगरी उन्नत जातका गाई मरेपछि नि:शुल्क औषधि वितरण गरिएको नगरपालिका पशु शाखाका प्रमुख डा सुलभ चौधरीले जानकारी दिनुभयो । रोगबाट बचाउन हाल ४८ परिवारलाई नि:शुल्क औषधि वितरण गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

डा चौधरीले औषधि लिनका लागि कार्यालयमा सम्पर्क राख्न किसानलाई आग्रह गर्दै हालसम्म नगरक्षेत्रका ५० भन्दा बढी पशुलाई सङ्क्रमण भइसकेको जानकारी दिनुभयो । सुरुआती चरणमा चन्द्रपुर–८ मर्धरटोलका कृष्ण गौतम र चन्द्रपुर–२ का आइतेसिंह कुश्वारको गाई मरेका जनाउँदै उहाँले हालसम्म लम्पी स्किनका कारण पाँच वटा गाई मरिसकेका उल्लेख गर्नुभयो ।

अहिलेसम्म नगरक्षेत्रका ४९ वटा गाई र एउटा भैँसीमा उक्त रोगको सङ्क्रमण देखापरेको डा चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ३ कार्यालयले आफ्नै बजेटबाट करिब दुई हजार २५० वटा गाईभैँसी तथा वडा नं ९ ले एक हजार ६०० भन्दाबढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाएको छ ।

पशुलाई उच्च ज्वरो आउने, डाबरका फोका आउनेलगायत लक्षण देखापर्ने डा चौधरीले जानकारी दिनुभयो । सो रोगविरुद्ध उपचार गर्न एउटा पशुलाई रु १० हजारदेखि रु १२ हजारसम्म खर्च लाग्ने जनाउँदै यहाँले यो सरुवा रोग भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्ने, गोठ सफा राख्ने, लामखुट्टेबाट जोगाउनेलगायत उपाय अपनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार लम्की स्किनविरुद्ध लड्न पशुसेवा कार्यालय चन्द्रनिगाहपुरले विभिन्न भिटामिन तथा औषधि वितरण गर्दै आएको छ ।

लम्की स्किन पशुमा लाग्ने प्राणघातक रोग भएकाले यसबाट चौपाया बचाउन नि:शुल्क औषधिको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बताउनुभयो । किसानको आम्दानीको स्रोत पशुपालन भएकाले यस्ता रोगको नि:शुल्क उपचार गरी पशुपालकलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियानका रूपमा औषधि वितरण गर्न पशु शाखालाई निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो । रासस