२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनेबारे अहिले भइरहेका अभ्यासबारे स्पष्ट पारेको छुः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आईतवार भएको भेटबारे केन्द्रिय कमिटीलाई जानकारी गराउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष ओलीले भेटबारे नेताहरुलाई जानकारी गराउनुभएको हो ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको र सरकारले गरेका काम, एमालेमाथि भइरहेका प्रहार, विधान अधिवेशनको बारेमा आफूले कुरा गरेको बताउनु भयो । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनुहुन्छ की हुँदैन ? भन्ने विषयमा आफ्नो तर्फबाट भइरहेका अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको जानकारी गराउनु भयो । पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय नरहेको र केन्द्रिय समितिले यसबारेमा निर्णय गर्ने जानकारी गराउनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति बीचको भेटघाटको प्रसंग पनि छ । पूर्वराष्ट्रपतिज्युको आग्रहमै १० औं वर्ष पार्टी अफिसमा म जान सकिरहेको छैन, हेरेको छैन भनेर पार्टी अफिसमै गरौँ भन्ने सल्लाह बमोजिम भेट भयो । भेटका क्रममा सबै कुरा खुलस्त ढंगले प्रश्तुत भएको छ, राष्ट्रिय राजनीति कसरी अघि बढेको छ, नेकपा एमालेमाथि कसरी प्रहार भइरहेको छ, एमालेमाथि प्रहार गर्ने तत्वहरु कसरी सल्बलाइरहेका छन् ? भन्नेदेखि सरकारले गरेका कामहरु, विधान अधिवेशनको तयारीका सन्दर्भमा एकअर्कामा खुला रुपमा छलफल भएको कुरा भन्नुभयो । राष्ट्रपति राजनीतिमा आउनुहुन्छ की हुँदैन भन्ने विषय पार्टी अध्यक्षले आफ्नो तर्फबाट चलिरहेका अभ्यासका बारेमा पार्टीका तर्फबाट स्पष्ट दृष्टिकोण राख्नुभएको छ । पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय रहेन, केन्द्रिय कमिटीले निर्णय गर्दछ भनेर भन्नुभयो ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी कार्यालयमै भेट्नुको कारण भण्डारीले आफूले १० वर्ष भन्दा बढी समय पार्टी कार्यालय नगएकाले पार्टी कार्यालयमै भेट्न आग्रह गरेपछि च्यासलमै भेटेको बताउनुभएको पनि जानकारी दिनुभयो ।