२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनेबारे अहिले भइरहेका अभ्यासबारे स्पष्ट पारेको छुः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आईतवार भएको भेटबारे केन्द्रिय कमिटीलाई जानकारी गराउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष ओलीले भेटबारे नेताहरुलाई जानकारी गराउनुभएको हो ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको र सरकारले गरेका काम, एमालेमाथि भइरहेका प्रहार, विधान अधिवेशनको बारेमा आफूले कुरा गरेको बताउनु भयो । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनुहुन्छ की हुँदैन ? भन्ने विषयमा आफ्नो तर्फबाट भइरहेका अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको जानकारी गराउनु भयो । पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय नरहेको र केन्द्रिय समितिले यसबारेमा निर्णय गर्ने जानकारी गराउनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति बीचको भेटघाटको प्रसंग पनि छ । पूर्वराष्ट्रपतिज्युको आग्रहमै १० औं वर्ष पार्टी अफिसमा म जान सकिरहेको छैन, हेरेको छैन भनेर पार्टी अफिसमै गरौँ भन्ने सल्लाह बमोजिम भेट भयो । भेटका क्रममा सबै कुरा खुलस्त ढंगले प्रश्तुत भएको छ, राष्ट्रिय राजनीति कसरी अघि बढेको छ, नेकपा एमालेमाथि कसरी प्रहार भइरहेको छ, एमालेमाथि प्रहार गर्ने तत्वहरु कसरी सल्बलाइरहेका छन् ? भन्नेदेखि सरकारले गरेका कामहरु, विधान अधिवेशनको तयारीका सन्दर्भमा एकअर्कामा खुला रुपमा छलफल भएको कुरा भन्नुभयो । राष्ट्रपति राजनीतिमा आउनुहुन्छ की हुँदैन भन्ने विषय पार्टी अध्यक्षले आफ्नो तर्फबाट चलिरहेका अभ्यासका बारेमा पार्टीका तर्फबाट स्पष्ट दृष्टिकोण राख्नुभएको छ । पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय रहेन, केन्द्रिय कमिटीले निर्णय गर्दछ भनेर भन्नुभयो ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी कार्यालयमै भेट्नुको कारण भण्डारीले आफूले १० वर्ष भन्दा बढी समय पार्टी कार्यालय नगएकाले पार्टी कार्यालयमै भेट्न आग्रह गरेपछि च्यासलमै भेटेको बताउनुभएको पनि जानकारी दिनुभयो ।