• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

नेप्से परिसूचक ४३.२९ अंकले वृद्धि



काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ ।

बुधबार ३०.७५ अंकले गिरावट आएर नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ ।

आज कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार  ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.४८ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ ।

विहिबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर, आज कारोबारमा आएको एनबीबीएल डिबेञ्चरको मूल्य भने ३.५३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा १६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ। त्यस्तै एनआईसी एशिया बैंक र नेशनल माइक्रोफाइनान्सको  पनि १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।