२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जुवाडे प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । प्रहरीले रु एक लाख ३५ हजार ३०० सहित जुवा तास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ ।

नियन्त्रणमा लिएकामा सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेपलाञ्चोकको चौर देउराली गाउँपालिका–३ घर भई हाल चन्द्रागिरि नगरपालिका–३ गैरी गाउँ बस्ने ४५ वर्षीय सोमबहादुर तामाङ, शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे घर भई बस्ने ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरि नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिरराज थापा तथा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४२ वर्षीय पर्शुराम श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ–१३ ताहाचलस्थित एक घरमा जुवा तास खेल्ने तथा खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।”




भर्खरै