१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह

कोरोना रिपोर्ट नआउदै ११ जना संक्रमित छाडियो, १ जना सम्पर्कविहीन

कोरोना रिपोर्ट नआउदै ११ जना संक्रमित छाडियो, १ जना सम्पर्कविहीन
अ अ+ अ-

काठमाडौं । रामेछाप जिल्लामा कोरोना पोजिटिभ देखिएका १ जना सम्पर्कविहिन भएका छन्। रामेछापमा शुक्रबार धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्भेलनमा जानकारी दिएको थियो। जसमा गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोसी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको थिए।  

गोकुलगंगाका ११ जनालाई कोरोना परीक्षण रिपोर्ट नआउँदै गाउँपालिकाले दिउँसो क्वारेन्टाइनबाट घर पठाएको थियो। स्वास्थ्य मन्त्रालयको पत्रकार सम्भेलनमा कोरोना पोजिटिभ आएको सार्वजनिक भएपछि गाउँपालिकाले गम्भीर लापरबाहि गरेको खुलेको हो। 

स्वाब संकलन गरिएका व्यक्तिको रिपोर्ट कोरोना पोजिटिभ आएपछि जिल्ला अस्पताल रामेछापमा आइसोलेसनमा ल्याउन गाउँपालिकामा सम्पर्क गर्दा दिउँसै क्वारेन्टाइनबाट छाडेको जानकारी आएको स्वास्थ्य कार्यालयका चिकित्सक डा. आनन्द आचार्यले बताए। ‘गाउँपालिकामा सम्पर्क गर्दा रिपोर्ट सार्वजनिक नहुँदै छाडिएको जानकारी आयो।’ उनले भने, ‘तत्काल संक्रमण पोजिटिभ देखिएकालाई सम्पर्क गर्दा ९ जनामात्रै भेटिए, २ जना अझै फेला परेको जानकारी आएको छैन।’

उनले लिखु तामाकोसी ६ जना र गोकुलगंगाका ९ जनालाई राति ल्याएर जिल्ला अस्पतालमा भर्ना गरिएको जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र इपिडिमिओजोली तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्दै परीक्षण बढाउने आचार्लले बताए। उनले भने‘संक्रमितलाई राति ल्याइपुर्‍याइएकाले आज उनीलाई राखेर सोधपुछ गर्छौं र आवश्यक काम अगाडि बढाउछौं।’

आचार्यका अनुसार लिखुतामाकोसी गाउँपालिकाको मंगलबार र गोकुलगंगा गाउँपालिकाको बुधबार स्वाब संकलन गरेर पठाइएको थियो। गाउँपालिकाका अध्यक्ष खडगबहादुर सुनुवारले शुक्रबार दिउँसो रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरुलाई बिदाई गरेका थिए। क्वारेन्टाइनबाट छुटेपछि हर्षित बनेका संक्रमित व्यक्तिहरुले बजारमा गएर किनमेल गरेको र कोही घरमा समेत पुगेको स्थानीयले बताएका छन्। गाउँपालिकाले लापरबाहि गरेर संक्रमितलाई छाडेपछि जिल्लामा त्रास बढेको छ।

यता प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गाउँपालिकाबाट भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा राखेपछि दिउँसो छाडिएको र रिपोर्ट आएपछि पुन स् सम्पर्क गरिएको जानकारी आफूलाई प्राप्त भएको बताइन्। उनले भनिन्  ‘गोकुलगंगाका ९ जनालाई जिल्ला अस्पतालमा ल्याइएको छ, एक जना राति सम्पर्कमा आएर गाउँपालिकाको क्वारेन्टाइनमा नै राखिएको छ भने अर्को एक जनाको खोजी तीव्र पारिएको छ।’

उनले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको बताइन्। उनले घटनालाई गम्भीर रुपमा लिँदै चिकित्सक र सुरक्षाकर्मीको बैठक बसेर समीक्षा गरेको बताइन्। प्रमुख जिल्ला अधिकारी शर्माले शुक्रबार बसेको सुरक्षा समितिको बैठकले जिल्लामा सुरक्षा कडा गर्ने र संक्रमित आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउँदै संक्रमित क्षेत्र शिल जस्तै रहने जानकारी दिइन्।  संक्रमण देखिएका आसपास क्षेत्रको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गरी उक्त स्थानमा एम्बुलेन्स बाहेकका कुनै पनि सवारी साधान आवत जावत गर्न प्रतिवन्ध लगाइएको छ।

जेठ १४ गते भैरहवा नाका र विराटनगर नाकाबाट आएर गोकुलगंगाका ११ जना गोकुलगंगा अस्पतालको क्वारेन्टाइनमा बसिरहेका थिए। यस्तै लिखु तामाकोसीका ६ जना पनि जेठ १४ गते भारतको दिल्लीबाट भैरहवा नाका हुँदै लिखु तामाकोसी–५ स्थित झट्टेश्वर माविको क्वारेन्टाइनमा राखिएको थियो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरु १७ देखि ४९ वर्ष उमेर समूहका रहेका छन्। 

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार रामेछापबाट पछिल्लो समय पठाइएका ७० जनामध्ये ४० जनाको रिपोर्ट आएको कर्णले बताए। उनले भने, ‘७० जनामध्ये १७ जनाको पोजिटिभ, २३ जनाको नेगेटिभ आएको छ। अझै ३० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।’

मन्त्रालयका अनुसार रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लामा कार्यरत रामेछापका एक २३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस अगाडि रामेछाप जिल्ला स्थायी बसोबास भइ काठमाडौं र भक्तपुर बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो। खाँडादेवी गाउँपालिका– १ राकाथुमका २३ वर्षीय युवक र भक्तपुर बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपनि उपचारपश्चात निको भएर घर फर्किसकेका छन्।

जिल्लामा शुक्रबार दिउँसोसम्ममा भारत लगायत विभिन्न स्थानबाट रामेछाप आएका १४८ जना क्वारेन्टाइन बसिरहेका छन्। रामेछापमा अहिलेसम्ममा ८५१ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गरिएको छ भने १२० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ। 

कति छन् जिल्लामा आइसोलेसन र क्वारेन्टाइन बेड ?

जिल्ला स्वास्थ्य कार्यालय रामेछापकाअनुसार विभिन्न स्थानीय तह र अस्पतालमा ७१ वटा आइसोलेसन बेड र ३९१ क्वारेन्टाइन बेड निर्माण भएका छन्। कार्यालयकाअनुसार रामेछाप नगरपालिकामा १७ आइसोलेसन बेड र ७० क्वारेन्टाइन बेड, मन्थली नगरपालिकामा २२ आइसोलेसन बेड र ९६ क्वारेन्टाइन बेड, सुनापति गाउँपालिकामा ६ आइसोलेसन बेड र २६ क्वारेन्टाइन बेड, खाँडादेवी गाउँपालिकामा ११ आइसोलेसन बेड र ४७ क्वारेन्टाइन बेड, दोरम्बा गाउँपालिकामा ७ आइसोलेसन बेड र १६ क्वारेन्टाइन बेड, उमाकुण्ड गाउँपालिकामा ५३ क्वारेन्टाइन बेड, गोकुलगंगा गाउँपालिकामा ५ आइसोलेसन बेड ३४ क्वारेन्टाइन बेड, लिखु गाउँपालिकामा ३ आइसोलेसन बेड र ४९ क्वारेन्टाइन बेड निर्माण भएका छन्।

विदेशबाट आउने नागरिकलाई होटलमा राख्ने तयारी

रामेछापमा विदेशबाट आउने नागरिकहरुको होटल र गेष्ट हाउसमा राख्ने तयारीसमेत भएको छ। जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)को बैठकले रामेछापमा आएर आफ्नै खर्चमा होटल बस्न चाहने नागरिकलाई राख्न सम्भावित होटल, गेष्ट हाउसको सूची र बेड संख्या एकिन गरेर न्यूनतम शुल्कसमेतको विवरण तयार गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। यसका लागि क्वारेन्टाइन बनाउन चाहने होटल व्यवसायीसँग बेड संख्या र दररेट माग गरिएको छ। तर सम्बन्धित पालिकामा गएर क्वारेन्टाइनमा बस्ने नागरिकले भने शुल्क तिर्नपर्ने छैन।

बैठकमा विवरण संकलन गरी आवश्यक तयारी गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। बैठकले जिल्लाका सबै स्थानीय तहहरुले वैदेशीक रोजगारी तथा अन्य कामले विदेशमा गएपनि पालिकामा फर्केर आउन चाहने नागरिकको वडा कार्यालयमार्फत लगत संकलन गरी ७ दिन भित्र जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीएमसी० बुझाउन निर्देशन दिएको छ।

शर्माका अनुसार भारत लगायत तेस्रो मुलुकबाट आउने नागरिकलाई अनिवार्य क्वारेटाइनमा राख्न क्वारेटाइन कक्षको क्षमता र स्तरवृद्धि गर्न निर्देशन दिइएको छ। भारत लगायत संक्रमित जिल्लाबाट आएर रामेछापका विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा ५/१० दिन बसेका व्यक्तिहरुको पिसिआर प्रविधिबाट जाँच गर्ने र नेगेटिभ आएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउने छ। भारत लगायत कोभिड-१९ संक्रमित विभिन्न जिल्लाबाट सेलेघाट नाकामा आउने व्यक्तिहरूलाई होल्ड गरी सम्बन्धित पालिकामा पठाउन सेलेघाटमा होल्डिङ्ग स्थान निर्माण गरी राखिने छ।, समाचार अन्नपर्ण पोष्ट दैनिकमाम प्रकाशित छ ।