१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह

सोती हत्या काण्ड : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

सोती हत्या काण्ड : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए
अ अ+ अ-

जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ ।

अन्य सबै जना घाइते छन् । घाइतेहरूको भनाइअनुसार सोतीमा वडा अयक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा रहेको गाउँलेको समूहले चौैतर्फी घेरा हालेर ती युवालाई आक्रमण गरेका हुन् । केही युवा भाग्न सफल भए पनि युवतीका प्रेमी भनिएका नवराजसहित ६ जनालाई गाउँलले कब्जामा लिएर आक्रमण गरी भेरीमा बगाएको घाइते सुदीप खड्काले बताए । ‘हामी धन्न ज्यान जोगाउन सक्यौं, अरुलाई मारेर भेरीमा हालेछन्,’ खड्काले राजधानीसँग भने ।

मृतकहरूको शव क्षतविक्षत अवस्थामा फेला परेसँगै सोती घटनाबारे विभिन्न निकायबाट छनबिन र अनुसन्धान सुरु भएको छ । मृतकका आफन्त र शव खोजबिनमा संलग्नहरूको भनाइअनुसार टाउको र निधारमा गहिरो चोट लागेको, दाहिने हात भाचिएको र शरीरभरि निलडाम परेको अवस्थामा नवराजको शव फेला परेको थियो । यस्तै, अर्का मृतक गणेशको शव टाउकोको पछाडि भागमा गहिरो चोट लागेको, दाइने हात धारिलो हतियारले ३ ठाउमा काटेको, आँखा फुटेको, निधारमा चोटपटक लागेको अवस्थामा फेला परेको हो ।

यस्तै, मृतक टीकारामको एउटा आँखा फुटेको, कन्चट, टाउको र कोखामा चोट लागेको अवस्थामा शव फेला परेको हो । अण्डकोष र टाउकोमा गहिरो चोट, प्लास्टिकको डोरीले दुवै हात बाँधेको र शरीरमा निलडाम भएको अवस्थामा लोकेन्द्रको शव फेला परेको थियो ।

सन्दीपको शव धारिलो हतियारले घाटीमा हानेर पछाडिको भागमा गम्भीर घाउ लागेको, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको छ । घटनाको १० दिनपछि फेला परेका गोविन्द शाहीको शव दाँत भाँचिएको, हात भाँचिएको र मुखमा मुकुन्डो लगाएर बगाएको अवस्थामा फेला परको नेपाली कांग्रेस जाजरकोट क्षेत्रका सचिव छवि पन्तले जानकारी दिएका छन् ।

६ युवाको सामूहिक मृत्यु पछि जाजरकोट जिल्ला नै शोकमग्न र आक्रोशित छ । घटनाको सत्यथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै दिनहुँजसो सदरमुकाममा आन्दोलन हुँदै आएको छ । कथित दलित नवराजले कथित ठकुरी युवतीसँग प्रेम गरेकै कारण घटना भएको भन्दै दलित समुदाय र अधिकारकर्मीको आन्दोलन पनि जारी छ । अर्कोतर्फ अनुसन्धान र छानबिन पनि जारी छ ।

हाल राष्ट्रिय मानवाधिकार आयोगको टोली, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समिति र अन्य निकायबाट पनि घटनाको छानबिन भइरहेको छ । घटना सामूहिक हत्याकाण्ड भएकाले मृतकहरूलाई सांस्कृतिक सहिद घोषणा गर्न दलित अधिकारकर्मीले माग गर्दै आएका छन । घटनामा आरोपित चौरजहारी नगरपालिका–८ का वडा अध्यक्ष मल्लसहित १८ जनाई रुकुम प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

संसदीय छानबिन समिति गठन
सोती घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ संसदीय समिति गठन गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको नियमावली १७७ बमोजिम संसदीय विशेष समिति गठन हुने सभामुख सापकोटाले सदनलाई जानकारी दिए । सो समितिमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलबाट प्रतिनिधित्व हुनेछ । दलहरूसँग परामर्श गरी समितिमा रहने सदस्यहरू तय गरिने उनले बताए ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

उनीहरूलाई गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहारको संज्ञा दिँदै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थियो । शुक्रबारको बैठक सुरु हुनासाथ सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएकी थिइन् । लगत्तै सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ  ।