१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह

बाह्रै महिना ‘जुवाको अखडा’ उपत्यका

बाह्रै महिना ‘जुवाको अखडा’ उपत्यका
अ अ+ अ-

काठमाडौं । जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुई/चार दिन हिरासतमा राख्छ । जुवालाई सामान्य अपराध मान्दै जिल्ला प्रशासन कार्यालयले झिनो चार्जमा हिरासतमुक्त गरिदिन्छ । प्रहरीले पक्राउ गरेर सामान्य सजाय पाएर उम्किएकाहरू झन् गोप्य र प्रहरीले पत्तो नपाउने ठाउँमा खोजेर जुवामा जान्छन् । त्यसको उदाहरण हो, पाँच दिनअघि पक्राउ परेका जुवाडेहरूको ९ जनाको समूह ।

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरू शुक्रबार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले जनही ३० हजार धरौटी माग गरी रिहा गरिदिएको हो । प्रहरीका अनुसार उनीहरू धनाढ्य व्यापारी हुन् । अन्य व्यापार व्यवसाय सुचारु नभइरहेको अवस्थामा जुवालाई नै व्यवसाय मानेर मोटो रकमसहित जुवा खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले सोमबार राति पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको समय लिएर अनुसन्धान अघि बढाएको थियो । कमलादीस्थित गंगौर होटलमा जुवा खेलिरहेका बेला रामचन्द्र सांघाई, पुरुषोत्तम अग्रवाल, अशोक अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगार्ई २ लाख ७७ हजार नगदसहित पक्राउ परेका थिए ।  

उनीहरूले नगद थोरै राखेर क्यासिनोमा प्रयोग हुने चिप्स (पैसाकै जस्तो मूल्य भएको सामग्री) प्रयोग गरेकोे आंशका प्रहरीले गरेको थियो । नगद थोरै राखे पनि मोबाइल बैंकिङ, ई–सेवालगायत डिजिटल डिभाइसहरूबाट पैसा पठाएको हुनसक्ने प्रहरीको निष्कर्ष थियो । तर, प्रहरीले गम्भीर र मोटो रकमको कारोबार नभएको भनेपछि  उनीहरूमाथि सामान्य कारबाही भएको छ ।

प्रहरीले बिहीबारै अनुसन्धान प्रमाण सरकारी वकिलको कार्यालयमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार उनीहरूलाई छाडेको छ । तर, यो समूह व्यापारिक र उच्च खानदानी मानिन्छ । राजधानीमा अरू व्यापार सेलाएको बेला पैसा कमाउने खेलमा उपत्यकामा ठुल्ठुला व्यवसायी जुवामा भुलेको विषय यसले पुष्टि गर्छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जुवातासमा प्रहरीले जतिसुकै कडाइ गरे पनि भित्रभित्रै खेल्ने क्रम नरोकिएको बताए । उनले भने, ‘हामीले पक्राउ गर्ने हो, घटनाको अनुसन्धान गरी माथिल्लो निकायमा पठाउँछौं, कारबाही हाम्रो हातमा मात्रै हुन्न ।’  

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनयता उपयत्यकाका विभिन्न ठाउँबाछ जुवा खेल्ने ८ सय जना पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले केही दिन हिरासतमा राखेर छाडेको थियो । ‘जुवा र लागुऔषधमा संलग्नहरू लकडाउनको बेला पनि उत्तिकै सक्रिय रहे, हामीले सामान्यदेखि ठुल्ठुला जुवाखालबाट पक्राउ गरी कारबाही गरेका छौं,’ नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले भने ।  

गत कात्तिकमा पनि उपत्यकामा भिआइपी जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको थियो । महाराजगञ्जस्थित होटल साम्लानजिकै विक्रम पौडेलको घरमा छापा मार्दा ५ करोड बढी रकम बरामद गरेको थियो । त्यतिबेला २५ जनामाथि कुन प्रकारको कारबाही हुने भन्ने चर्चा पनि चलेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई ३० देखि ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको थियो ।  

प्रहरीले मोटो रकमसहित पक्राउ पर्नेलाई सामान्य हिरासतमा राख्दै छाडे पनि कानुन भने कडा छ । तर, उक्त कानुनअनुसार जुवाडेलाई प्रशासनले कारबाही गरेको देखिन्न । मुलुकी अपराध संहितामा व्यवस्था भए अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । एउटै व्यक्ति दोस्रो पटक जुवा खेलेमा वा खेलाएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । बाम्बार जुवा खालमा संलग्नमाथि ३ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

पूर्व डिआइजी हेमन्त मल्लले जुवा खेल्नेलाई कानुनअनुसार कारबाही नभएको बताए । जुवाको मुद्दामा कारबाही र किनारा गर्ने मुख्य जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई रहन्छ । तर, प्रशासनले सामान्य रकम लिएर जुवामा संलग्न अपराधीलाई छाड्ने गरेको छ । ‘प्रशासनले जुवा खेल्नेलाई त्यति कडा कारबाही गरेको देखिन्न, कम्तीमा कानुनअनुसार कारबाही हुन्थ्यो भने अरू पनि हच्किन्थे,’ उनले भने ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।