१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महभीरमा सडक भास्सियो, अरनिको राजमार्ग पहिरोले अवरुद्ध



अ+ अ-

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण पहिरो र लेदो बग्दा अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।

शनिबार बेलुकीको वर्षाका कारण पहिरो गएको हो । माथिल्लो खण्डबाट लेदोसहितको पहिरो आउँदा सडक थुनिएको हो । महभीरमा सडक भास्सिएको छ ।

चरिकोट सडक डिभिजन कार्यालयका अनुसार तत्काल मोटरसाइकल र साना सवारीसाधन आउजाउ भए पनि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् ।

आइतबार जुरेमा बिजुलीको पोल ढलेका छन् । सडकमा खोला र लेदोको बाढी बगिरहेकाले पैदल हिँड्न पनि मुस्किल बनाएको छ ।

पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय प्रभावित भएका छन् ।

यी ठाउँका लागि गुडेका सवारीसाधन पहिरोछेउ थन्किएका छन् । तातोपानी नाकाबाट सामग्री बोकेर काठमाडौं पुर्‍याएर फर्केका कन्टेनर जुरेभन्दा केही पर रोकिएका छन् ।