८ श्रावण २०८३, शुक्रबार
,
Latest
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महभीरमा सडक भास्सियो, अरनिको राजमार्ग पहिरोले अवरुद्ध



अ+ अ-

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण पहिरो र लेदो बग्दा अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।

शनिबार बेलुकीको वर्षाका कारण पहिरो गएको हो । माथिल्लो खण्डबाट लेदोसहितको पहिरो आउँदा सडक थुनिएको हो । महभीरमा सडक भास्सिएको छ ।

चरिकोट सडक डिभिजन कार्यालयका अनुसार तत्काल मोटरसाइकल र साना सवारीसाधन आउजाउ भए पनि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् ।

आइतबार जुरेमा बिजुलीको पोल ढलेका छन् । सडकमा खोला र लेदोको बाढी बगिरहेकाले पैदल हिँड्न पनि मुस्किल बनाएको छ ।

पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय प्रभावित भएका छन् ।

यी ठाउँका लागि गुडेका सवारीसाधन पहिरोछेउ थन्किएका छन् । तातोपानी नाकाबाट सामग्री बोकेर काठमाडौं पुर्‍याएर फर्केका कन्टेनर जुरेभन्दा केही पर रोकिएका छन् ।