२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा



अ+ अ-

एजेन्सी । सिरियाली अधिकारीहरूले देशभर युद्धविरामको घोषणा गरेका छन् । दक्षिणी सिरियामा भएको घातक साम्प्रदायिक झडपले ग्रस्त देश हालै इजरायली हस्तक्षेपले पनि संकटमा रहेको छ । युद्धविरामको उद्देश्य राष्ट्रिय एकता जोगाउनु र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताइएको छ ।

यस कदमलाई राष्ट्रिय र मानवीय दायित्वको रूपमा वर्णन गरिएको छ । अधिकारीहरूले सबै पक्षहरूलाई शत्रुता बन्द गर्न र मानवीय सहायताको सुरक्षित वितरण सुनिश्चित गर्न आह्वान गरेका छन् ।

यो सम्झौतालाई टर्की, जोर्डन र सिरियाका अन्य छिमेकीहरूसहित क्षेत्रीय देशहरुले पनि समर्थन गरेका छन् । स्वेइदा प्रान्तमा ६ दिनसम्म चलेको साम्प्रदायिक झडपपछि युद्धविराम सम्झौता भएको थियो । जसमा सयौंको मृत्यु भएको छ ।