२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुटिङको क्रममा चोट लागेर शाहरुख खान घाइते



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘किङ’को छायांकनको क्रममा घाइते भएका छन् । उनी मुम्बईको गोल्डेन टोब्याको स्टुडियोमा एक्सन दृश्यको छायांकन गर्दा घाइते भएका हुन् ।

बलिउड हंगामाले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ कि शाहरुख कहिले र कहाँ घाइते भए भन्ने जानकारी अहिलेसम्म थाहा नभएको तर उनी आफ्नो टोलीसँग उपचारको लागि अमेरिका गएका छन् ।

मांसपेशीमा चोट लागेका कारण उनको शल्यक्रिया गरिएको र डाक्टरहरूले उनलाई एक महिना आराम गर्न भनेका छन् भन्ने पनि रिपोर्ट गरिएको छ ।

स्रोतले यो पनि भन्यो कि शाहरुख पूर्ण रूपमा निको भएपछि अब सेप्टेम्बर वा अक्टोबरमा किङको छायांकन पुनः सुरु हुनेछ ।

फिल्म सिटी, गोल्डेन टोब्याको र वाईआरएफ स्टुडियोमा जुलाईदेखि अगस्टसम्म तय भएको फिल्मको छायांकन तालिका रद्द गरिएको छ ।

किङको छायांकन भारत र युरोपमा हुनेछ । फिल्म किङ २०२६ मा रिलिज हुनेछ । सिद्धार्थ आनन्दद्वारा निर्देशित यस फिल्ममा शाहरुख खानसँगै उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, अभिषेक बच्चन, रानी मुखर्जी, अनिल कपूर जस्ता स्टारहरू देखिनेछन् ।

 




भर्खरै