काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराउन निर्देशन दिएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।
यस एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्न रहेको बुझिन आएकाले बन्द गराउन निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।
योसँगै अबको केही समयमै टेलिग्राम बन्द हुनेछ । टेलिग्राम सन्देश आदानप्रदानसहित मनोरन्जनात्मक फिल्म, सिरिज लगायत टेलिश्रृङ्खलाहरु हेर्नका लागि चर्चित थियो ।
नेटफ्लिक्स, अमेजन प्राइम लगायतका ओटीटीका सम्पूर्ण सामग्रीहरु टेलिग्राममा उपलब्ध हुने हुँदा युवामाझमा यो निकै प्रयोग हुने एप थियो ।











