२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीले सरकार र पार्टीको विचारधारालाई संकटमा पार्ने काम गरे : सांसद लामा



अ+ अ-

काठमाडौं । सांसद नविना लामाले नेपालको संविधान र पार्टीको चुनावी घोषणा पत्र दुवै कोणमा च्युत भएको भन्दै शिक्षामन्त्री र अर्थमन्त्रीले सदनमा आत्माआलोचना सहित माफि माग्नुपर्ने बताउनुभयो ।

संविधान र पार्टीको चुनाबी घोषणा पत्रमा समाजवाद राज्य व्यवस्था निर्माण गर्ने कुरा उल्लेख भएको भन्दै उहाँले “नेकपाको समाजवादको शिक्षानीति यही हो ?” भनी प्रश्न गर्नुभयो । नेपालको संविधानको धारा ३१ ले सबै नागरिकले निशुल्क शिक्षा पाउने हक सुनिश्चित गरेको स्मरण गराउदै उहाँले बजेट पुस्तिकाको १६६ बुँदामा उल्लेखित विषय नेकपाको शिक्षानीति विपरित भएको टिप्पणी गर्नुभयो । 

उहाँले अर्थमन्त्रीले सरकार र नेकपा पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गरेको आरोप लगाउनुभयो । शिक्षामन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपुर्ण आएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।