पेरिसः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।
दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ३२९ भन्दा बढी छ भने सात हजार ११७ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ ।
सबैभन्दा कम प्रभावित दक्षिण एसियाली मुलुक भुटान रहेको छ । भूटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।
दक्षिण एशियामा दोस्रो बढी प्रभावित मुलुक पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ९८ हजार ९४३ पुगेको छ भने दुई हजार २ जनाले ज्यान गुमाएका छन् ।
बंगलादेशको अवस्था पनि डरलाग्दो छ। त्यस्तै बङ्गलादेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ ।
यसैगरी अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ ।
हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।
विश्वमा सबैभन्दा बढी मृत्यु भएका मुलुकहरूमा संयुक्त राज्य अमेरिकामा १ लाख १२ हजार, ब्राजिलमा ३६ हजार, बेलायतमा ४० हजार नाघिसकेकाे छ । पछिल्लाे समय ब्राजिलमा मृत्युदर तिब्र रूपमा बढ्दै गएकाे छ ।
यस्तै माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिँदा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८१९ सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर काेराेनाभाइरसबाट संक्रमितकाे संख्या ७० लाख नाघेकाे छ भने मृतककाे संख्या पनि ४ लाख ३ हजार पुगेकाे छ ।
एएफपी