४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन २१ सम्म शिक्षा विधेयक पारित नभए आन्दोलनमा उत्रने महासंघको चेतावनी



अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघले साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।

आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गर्दै महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको हो ।

सरकार इमानदार नरहेको आरोप लगाउँदै महासंघले आन्दोलनमा होमिने अवस्था आए त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही सरकार हुने पनि प्रस्ट पारेको छ ।