८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय ४९ जनाको मृत्यु

आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय ४९ जनाको मृत्यु
अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०—०८१ को भन्दा आ.व. २०८१—०८२ मा अपराधका घटनाहरुमा वृद्धि भएको छ ।

शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले आर्थिक वर्ष २०८०—०८१ को भन्दा आ.व. २०८१—०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो ।

उहाँकाअनुसार २०८०—०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो । आ.व. २०८१—०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन् । सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कुल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ । त्यसपछि सबैभन्दा धेरै मधेस प्रदेश र कोशी प्रदेश रहेको छ । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् । सवारी दुर्घटनाको स्थिति भयावह रहेको प्रहरी महानिरीक्षक थापाले बताउनु भयो । झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुने गरेको र यो मधेस प्रदेशमा बढी रहेको बताउनु भयो । आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको बताउनु भयो ।

महानिरीक्षक थापाले भन्नुभयो, ‘अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको २०८०—०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो । अहिले ५९ हजार २ सय ४ घटना दर्ता भएको छ । गत वर्ष भन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ । केही मुद्दाहरु देवानी टाइपका पनि छन्  । सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो । ५९ हजार २ सय ४ मुद्दामा १६ हजार १ सय ७२ मुद्दा यहीँ नै छन् । त्यसपछि मधेस प्रदेश र कोशी प्रदेशमा बढी छन् । कर्णाली प्रदेशमा कम छन् । सवारी दुर्घटनाको स्थिति भयावह नै छ । झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुन्छ । सबैभन्दा बढी मधेस प्रदेशमा नै छ । २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ, गत वर्षमा । पहिलाको भन्दा बढेको अवस्था छ । २५.१५ प्रतिशतले बढेको छ ।’

महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताउनु भयो । एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामिण गस्ती ७ सय १२ हुने गरेको बताउनु भयो । २४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा  खटिने गरेको बताउनु भयो । नेपाल प्रहरीलाई नेपालभर २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको बताउनु भयो ।