३ पुष २०८२, बिहीबार
,
Latest
सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन



अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास समितिले सुनकोसी–मरिन डाइमर्सनबारे अध्ययन तथा अनुगमन गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।

सांसद प्रकाश ज्वालाको संयोजकत्वमा दलीय प्रतिनिधित्व हुनेगरी सात सदस्यीय उपसमिति गठन गरेको हो ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले समितिका सदस्यहरूमा सीता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी, सुशीला श्रेष्ठ रहनुभएको जानकारी दिनुभयो । समितिले सुनकोसी–मरिन डाइभर्सन आयोजनको कार्यप्रगति सम्बन्धमा आवश्यक स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन गरी आयोजना कार्यान्वयन गर्न निर्माण व्यवसायी, स्थानीय, इन्जिनियर, कन्सल्ट्यान्ट लगायतका निकाय, सरोकारवालासँग परामर्स गरी दुई महिनाभित्र समिति समक्ष प्रतिवेदन पेश गर्नेछ ।

तराई–मधेसका कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको सुनकोसी–मरिन डाइभर्सनको काम सन्तोषजनक रुपमा अघि नबढेको सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । सुनकोसीको करिव ७६ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने र सिंचाईसहित ३१ मेगावाट विद्युत उत्पादन गरिने उक्त आयोजना २०८४ को असोजसम्म सम्पन्न गर्ने लक्ष्य भएपनि काम राम्रोसँग अघि बढ्न सकेको छैन ।