२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना पोजेटिभ भेटिएका वालिङका एकको निधन



अ+ अ-

स्याङ्जा । कोरोना संक्रमण पोजेटिभ भेटिएका वालिङका एकजनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।

वालिङ नगरपालिका ३ निवासी ६० बर्षका पुरुषमा आइतवार हिजो साँझ मात्रै कोरोना पुष्टि भएको थियो । जेठ २१ गते राति भारतबाट वालिङ आईपुगेका ती पुरुषलाई २२ गते बिहानै पोखरा पठाइएको थियो । बिभिन्न रोगका बिरामी भएको जानकारी पाएपछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिकाले जनाएको छ ।

सुनौलीबाट श्रीमान् श्रीमति मात्रै गाडी रिजर्भ गरेर आएर वालिङको क्वारेटाइनमा एक रात बिताएका थिए । उनमा मृगौला र मधुमेयलगायतका समस्या पहिलेबाट नै भएको बताइएको छ । कोरोना संक्रमणबाट स्याङ्जामा निधन हुने पहिलो व्याक्ति रहेका छन् ।