८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन खुकुलो पार्नेसम्बन्धी सरकारको आधिकारिक निर्णय बाँकी, तर चहलपहल सुरु



अ+ अ-

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ ।
गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो । सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो । गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको छैन, सङ्क्रमण बढ्न सक्छ भने ।

काठमाडौँ उपत्यकाको सडकमा यातायातका सवारी साधनको बाक्लो चाप देखिन्थ्यो । सार्वजनिकभन्दा निजी सवारी साधनमा कार, मोटरसाइकल र ट्याक्सीलगायतका सवारी साधन प्रशस्त मात्रामा चलेका छन् । अन्य दिनको तुलनामा सडकमा पैदल हिँडेर गन्तव्य जाँदै गरेका सर्वसाधारण तथा बन्दाबन्दीको उकुसमुकुसबाट घर बाहिर निस्कनेको चाप बाक्लै देखिन्थ्यो ।

विभिन्न बैङ्कमा ग्राहकको बाक्लो भीड नै लागेको थियो ।
न्युरोड धर्मपथस्थित नेपाल बैङ्क लिमिटेडको मुख्यालयमा सेवाग्राहीको भीड लाग्दा मुख्य प्रवेशद्वारमा नै सेवाग्राहीलाई रोक्नु परेको सो बैङ्कले जनाएको छ । त्यस्तै, अन्य वाणिज्य बैङ्कमा पनि ग्राहकको भीड लागेको छ । असन–इन्द्रचोक बजार हल्का खुले पनि बढी भीडभाड हुने विशाल बजार, सुरज अर्किड, सिभिल मल, काठमाडौँ मल र दरबारमार्गलगायतका बजार तथा पसलहरू भने खुलेका छैनन् । कोरोना सङ्क्रमणको जोखिम प्रतिदिन बढ्दै गएकाले व्यापारी नै पनि पसल खोल्न डराएको भनाइ सुरक्षा अधिकारीको छ । न्युरोड क्षेत्रका केही सुनचाँदी पसल भने खुलेका छन् । सुनचाँदी पसल खुलेसँगै मूल्यसमेत सार्वजनिक भएको छ । बन्दाबन्दी भएपछि पहिलो पटक सुनचाँदीको औपचारिक मूल्य सार्वजनिक भएको छ ।

नेपाल प्रहरीले पनि अन्य दिनको तुलनामा आइतबार काठमाडौँ उपत्यकामा सवारी साधनको चाप बाक्लो देखिएको जनाएको छ । विभिन्न स्थानमा खटिएका प्रहरीले अनावश्यक रूपमा यात्रा गरिरहेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको बताएका छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, सेवाग्राही, सरकारी कर्मचारी, व्यापारी, उद्योग व्यवसायीका सवारी साधन गुडेका छन् । दिउँसो सवारी साधनको चाप बाक्लिएपछि ट्राफिक प्रहरीको सङ्ख्या पनि बढाइएको थियो । गोरखापत्र दैनिक




भर्खरै