काठमाडौं । नेकपा बहुमत निकट विद्यार्थी निकट संगठनले गरेको शैक्षिक हड्तालका कारण आज केही विद्यालय र क्याम्पस बन्द भएका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आम शैक्षिक हड्ताल आह्वान गरेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले नि:शुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो ।
हडताल घोषणा गरेका कारण काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा विद्यालय बन्द छन् ।
काठमाडौंका कतिपय निजी विद्यालयले हिजो अबेर अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सञ्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् ।










