५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो स्थानमा उक्लियो संकटा, एपिएफ र श्रीभगवतीको दोस्रो जित



अ+ अ-

काठमाडौँ । विभागीय टोली एपिएफ फुटबल क्लव, संकटा क्लव र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बिहीवार जित निकालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पाँचौं चरणका खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लवमाथि ३–१ र संकटाले प्लानिङ ब्वाइज युनाइटेडलाई ४–१ ले हराएका हुन् । दिनको अन्तिम खेल तथा छैटौं चरणको पहिलो खेलमा श्री भगवतीले न्युरोड कर्नर टिम (एनआरटी) माथि १–० को जित साँघुरो जित निकाल्यो । श्री भगवतीको जितमा दीपेश शाहीको गोल निर्णायक बन्यो । यससँगै जारी लिगमा श्रीभगवतीको ६ खेलमा यो दोस्रो जित निकालेको छ । कुल ६ अंक बटुल्दै श्री भगवती गोलअन्तरको आधारमा एपिएफलाई पछि पार्दै नवौं स्थानमा उक्लिएको छ ।

एपिएफले पनि विभागीय डर्बीमा आर्मीविरुद्ध पुनरागमन जित निकालेको हो । पाँचौं खेलमा एपिएफले पनि दोस्रो जित आत्मसात् ग¥यो । एपिएफको समान ६ अंक भएपनि गोलअन्तरको आधारमा दशौं स्थानमा छ । आर्मीले भने चौथो हार सामना गरेको छ । आर्मी तीन अंकसहित पुछारबाट तेस्रो स्थानमा छ । आर्मीले खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा हार व्यहोरेको हो । खेलको छैटौं मिनेटमा साहेब वाइबाको गोलबाट आर्मीले अग्रता लियो । पहिलो हाफ सकिन लाग्दासम्म एपिएफ खेलमा पछि थियो । तर पहिलो हाफको थप समयमा सुशान्त जिएमको गोलबाट एपिएफ खेलमा फर्कियो ।

दोस्रो हाफमा पनि आर्मीले दुई गोल थप्यो । ४९ औं मिनेटमा नै आदर्श मेचेले गोल गर्दै एपिएफलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि नै एपिएफले तेस्रो गोल पनि ग¥यो । प्रशिस खनालको गोल गर्दै एपिएफलाई ३–१ ले अगाडि बढाए । त्यसपछि थप गोल हुन सकेन र एपिएफले विभागीय डर्बीमा सफलता पायो । दिनको दोस्रो खेलमा संकटाले प्लानिङ ब्वाइज युनाइटेडमाथि जित निकाल्दा लागि प्रजलकुमार लुम्रेले ह्याट्रिक पूरा गरे । एक गोल कुल्देव टिटुङको नाममा रह्यो । प्लानिङका लागि रविन लुङ्गेली मगरले एक गोल फर्काए । जितसँगै संकटा १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लियो ।

प्लानिङ ब्वाइज तीन अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । पहिलो हाफमा नै संकटाले चार गोल गरेको हो । दशौं मिनेटमा कुलदेवले गोल गर्दै संकटालाई अग्रता दिलाए । त्यसपछि दोस्रो गोल निस्कन लामो समय लाग्यो । ३३ औं मिनेटमा प्रजलको गोलबाट संकटाले अग्रता दोब्बर बनायो । प्रजलले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको थप समयमा प्रजलले गोल गर्दै ह्याट्रिक पूरा गरे । यससँगै पहिलो हाफमा संकटाले ४–० ले अगाडि रह्यो । ८४ औं मिनेटमा रबिनले गोल गर्दै प्लानिङलाई ४–१ को स्थितिमा ल्याए । तर त्यसपछि थप गोल हुन सकेन र संकटाले सहजै खेल जित्यो ।