२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकमा विद्या भण्डारीको विषय प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताको विषयले प्रवेश पाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सक्रियताको विषयलाई प्रवेश गराएका हुन् ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष भण्डारीको विषयमा कुरा राखेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनले भने, ‘अध्यक्षले त्यसविषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा नभ्याए अर्को बैठकमा छलफल चल्छ । यो पार्टीको छलफलको विषय भइसक्यो । छलफल गरेर टुङ्गो लाग्नेमा हामी ढुक्क छौँ । जिम्मेवारीको विषयमा अहिले हतार नगरौँ, समय छ ।’

पार्टीमा सक्रिय हुनुको लक्ष्य र उद्देश्यबारे पार्टीमा भण्डारीले प्रस्ट पार्नुपर्ने बताउँदै सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि उनले जनाए ।

सबै सेवा सुविधा त्यागेर आएपछि अध्यक्षले वार्ता गरेर उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।

एमालेको बैठक दिउँसो २ बजेबाट बसिरहेको छ ।