काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फाको बैठकमाथि छानबिन गर्न खेलकुदमन्त्रीलाई पत्र बुझाउनु भएको छ ।
थापाले गत चैत ११ र १२ गते एन्फा कार्यकारी समितिको बैठक दौरान एजेन्डामा नभएको, कुनै सदस्यले विषय उठान नगरेको र छलफल नै नभएको विषयलाई माइन्युट उतारमा समावेश गरी निर्णय पठाएर एन्फा नेतृत्वले आफ्नो चरित्र हत्याको प्रयास गरेको जनाउनु भएको छ । उहाँले यसै बिषयमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएको जनाउनु भएको छ ।
खेलकुदमन्त्रीलाई बुझाईएको पत्रमा भनिएको छ- ‘विधानअनुसार एन्फाले कार्यसमितिका सदस्यलाई पठाएका एजेन्डामा म र मेरो छोरा गौरव थापाको नामसमेत उल्लेख थिएन । त्यसमाथि सदस्यहरुले एजेन्डा थप्न पाउने व्यवस्थाअनुसार पनि कुनै पनि सदस्यले हाम्रो विषय उठान गरेका छैनन् । एन्फा सचिवालय आफैले पठाएको एजेन्डामा नभएको, सदस्यले विषय उठान नगरेको र बैठकमा पनि छलफल नभएको विषयमा माइन्युट उतार्ने क्रममा म र मेरो छोराको नाम जोड्दै एन्फा नेतृत्वले निर्णय भएको भनि थपेर पठाएको जानकारी गराउन चाहन्छु ।’
हेर्नुस पत्र











