५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने भएको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा भएको पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक दीपक बोहराले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए ।

यस्तै, संयोजक बोहराले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएका छन् । उनले पाँच लाख अपिल र २ लाख हस्ताक्षर फारम भरेर पठाइसकेको पनि जानकारी दिए । हस्ताक्षर अभियानमा हालसम्म ५९ लाख ६८ हजार खर्चको भएको उनको भनाई छ ।

उनले भने, ‘अभियानलाई थप विस्तार गर्न सभापतिको अपिल पाँच लाख र हस्ताक्षर २ लाख पठाइसकेको छ । साउन पाँच गतेबाट घरदैलो अभियानमा जाँदैछौँ । सात प्रदेश र अन्य दुई केन्द्रमा गरी जम्मा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर भएको छ । ’

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको भन्दै रास्वपाले असार ७ गतेबाट हस्ताक्षर अभियान थालेको थियो ।