१३ श्रावण २०८३, बुधबार
,
Latest
निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने आन्द्रे रसेलको घोषणा



अ+ अ-

एजेन्सी । वेस्ट इण्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन् ।

उनले घरेलु मैदान जमैकाको सबिना पार्कमा अस्ट्रेलियाविरुद्ध हुन लागेको पहिलो दुई टी–२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।

३७ वर्षीय रसेलले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले आफ्नो १३ वर्षे करियरमा एक टेस्ट, ५६ एकदिवसीय र ८४ टी–२० आई खेलेका छन् । पछिल्लो वर्षहरूमा रसेल वेस्ट इण्डिजका लागि टी–२० फर्म्याटमा मात्र सक्रिय थिए । रसेल सन् २०१२ र २०१६ को टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका महत्वपूर्ण सदस्य थिए ।

संन्यास लिने घोषणा गर्दै रसेलले भनेका छन्, ‘वेस्ट इन्डिजको लागि खेल्नु मेरो लागि गर्वको कुरा हा े। बाल्यकालमा मैले कहिल्यै सोचेको थिइनँ कि म यो अवस्थामा पुग्नेछु। क्रिकेटप्रतिको प्रेमले मलाई अझ राम्रो बन्न प्रेरित गर्‍यो। म वेस्ट इन्डिजको जर्सीमा आफ्नो छाप छोडेर अरूको लागि प्रेरणा बन्न सकु । मलाई परिवार र साथीभाइको अगाडि घरमा खेल्न मन पर्छ। म मेरो करियरको अन्त्य उत्कृष्ट प्रदर्शनका साथ गर्न चाहन्छु र अर्को पुस्ताको लागि उदाहरण प्रस्तुत गर्न चाहन्छु ।’

रसेललाई अष्ट्रेलिया विरुद्धको टी-२० टोलीमा समावेश गरिएको छ। ५ टी-२० खेलको शृङ्खला जुलाई २१ बाट सुरु हुँदैछ ।  पहिलो र दोस्रो खेल जमैकाको सबिना पार्क रंगशालामा खेलिनेछ ।

हालै मात्र वेस्ट इण्डिजका अर्का आक्रामक ब्याटर निकोलश पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।