२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विधान संशोधन: वरिष्ठ उपाध्यक्ष पद हटने, महासचिबका केही अधिकार पनि कटौति हुने !



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नराख्ने र महासचिवले प्रयोग गर्दे आएको केही अधिकार अध्यक्षले प्रयोग गर्ने गरि विधानमा संशोधन गर्न लागेको छ ।

आज बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने र महासचिवले प्रयोग गर्दे आएका केही अधिकार अध्यक्षले प्रयोग गर्ने गरि विधानमा संशोधन गर्न लागेको हो।

एमालेका एक सचिवालयका सदस्यले न्यूजपोलारसंग भन्नुभयो ‘वरिष्ठ उपाध्यक्ष पद हटाउनुका साथै महासचिबले प्रयोग गर्दे आउनु भएका केही अधिकारहरु पार्टी अध्यक्षले प्रयोग गर्ने गरी विधान संशोधन गर्न लागिएको छ।’

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीको सनराईज हलमा एमालेको दोस्रो विधान महाधिवेशन हुदैछ ।

यस पटकको विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालको बिषय पेचिलो बन्दै गएको छ भने पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि नयाँ तरङ उत्पन्न भएको छ ।