४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

प्रकृति पूजा नै वास्तविक शिवभक्ति

प्रकृति पूजा नै वास्तविक शिवभक्ति
अ+ अ-

प्रकृतिसँग साहचर्य र सामाजिक समरसताको विस्तार : यही सनातन धर्मको मूल हो। प्रकृतिलाई सनातन संस्कृतिमा परमात्माका रूपमा हेर्ने र पूज्ने गर्छौं।

प्रकृति पूजा वैदिक सभ्यताको मुख्य सिद्धान्त हो। युगानुयुगदेखि धार्मिक, सांस्कृतिक, आध्यात्मिक, भौतिक समृद्धि र प्राकृतिक सम्पदाले सर्वोच्च पावन भूमिमा हामी रहिआएका छौँ। ब्रह्माण्डको निर्माण शास्त्र बमोजिम पञ्चतत्व द्वारा निर्मित छ : पृथ्वी, जल, अग्नि, वायु र आकाश यी तत्व पञ्च महाभूतको रूपमा जानिन्छ।

प्रकृति प्रेरणा र आध्यात्मिक जागृतिको स्रोत भएको हुँदा  हामी भन्छौं कि सम्पूर्ण प्रकृति, सम्पूर्ण जगत शिवमय छ। भौतिक जगतमा ईश्वरको त्रिगुणात्मक प्रकृतिलाई वैदिक शास्त्रहरुले  सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता वा पुननिर्माणकर्ता शिवको प्रतीकात्मक रूपमा वर्णन गरिएको छ।

उनीहरुको त्रिगुणात्मक प्रकृति अनवरत सृष्टि-स्पन्दनका रूपमा अनेक लीला वा अवतार प्रकट भइरहन्छन् । यी सबैका उत्पत्तिकर्ता शिव हुन्।

ब्रह्मा विष्णुर्महेशश्च त्रयो देवा: शिवांशजा: ।

महेशस्तत्र पुर्णांश: स्वयमेव शिव: पर: ।।

– शिवपुराण ( रुद्रसंहिता, सृष्टिखण्ड ५।३० )

अर्थात्  शिवकै अंशबाट ब्रह्मा, विष्णु र महेश्वर – यी तीनै देवको उत्पत्ति भएको हो।

शिवबाट उत्पत्ति भएका महादेवलाई शिवकै अंश प्रथम देवता मानेर शंकर नामले सम्बोधित गरिएको छ। शिवबाट नै यस सृष्टिको उत्पत्ति भइ प्रकृति र प्राणीको जन्म भयो। शिवका अंश महादेवको चित्रणले अक्सर उनको शिरमा चन्द्रमा र बगिरहेकी गंगा, जटा, घाँटीमा बासुकी सर्प, शरीरमा भस्म लेपन एवं निवास कैलाश पर्वत। यी चिजले शिवको प्रकृतिसँग गहिरो सम्बन्ध हुनका साथै ब्रह्माण्डीय शाश्वतताको प्रतीक मानिन्छ। ब्रह्माण्ड निर्माणमा पञ्चतत्वको अहम भुमिका छ। पृथ्वी, वायु, जल, अग्नि र आकाश यीनै पञ्च महाभूतका नाथ भगवान शिव हुन्।

श्रावण मासको मौसम भगवान शिव स्वरुप र प्रकृति बीच सम्बन्ध रहने हुँदा प्रकृतिलाई सम्मान गर्ने र पूज्ने प्रेरणा मिल्छ। त्यसैले सम्पूर्ण सृष्टि र प्रकृतिको संरक्षक नै वास्तविक शिवभक्ति हो। महादेवको शिरमा खण्डित चन्द्रको प्रतीक जसले चन्द्रमाको विभिन्न चरणका प्रतिनिधित्व गर्छ। जसले समय, परिवर्तन र जीवन चक्रको दर्शित गर्छ।

खण्डित चन्द्रले यस कुरालाई इंकित छ कि भगवान शिवले आफ्नो साधना र तपस्याको माध्यमबाट समय र मृत्यु माथी विजय प्राप्त गरेका हुन् भनेर। यस कुराले हामीलाई बताउँछ कि जीवनमा बदलाव अपरिहार्य छ र उसलाई स्विकार्दै अघि पढ्न जरुरी छ। चन्द्रमा शीतल प्रकाश, शान्ति र सयंमको प्रतीक जसले भक्तलाई हर परिस्थितिमा स्थिर र शान्त रहने प्रेरणा दिन्छ।

देवता र दानवले अमृत प्राप्तिका लागि समुन्द्र मन्थन गर्दा कालकुट विष निक्लदा उस विषलाई स्वयं महादेवले पिए पश्चात् शरीरमा उग्र तपन भएपछि, चन्द्रमा उत्पन्न भइ महादेवको शिरमा बसेको थिए। उस विषको उग्रता कम गर्न र सृष्टिको बचाइ राख्न समस्त जीवका रक्षाका निम्ति अत्यन्त शीतल चन्द्रमा, उग्रधारा गंगालाई शिरमा घारण गर्नुभएको थियो। यहाँ स्पष्ट हुन्छ कि भगवान शिव पत्र – पुष्प र एक लोटा जल अर्पणले नै प्रसन्न हुनुहुन्छ। श्रावण महिना शिवका निम्ति धार्मिक अनुष्ठान शिवकै रूपमा सम्पूर्ण प्रकृतिमै समर्पित हुन्छ। सम्पूर्ण वनस्पति, जीव जगत, जल एवं पर्वत शिवकै प्रतिरुप हुन्।

महादेवको जटामा बगिरहेकि माँ गंगाकी धाराले उनको अनन्त करुणा र समस्त जीव प्रति शिवको अपार दयाका प्रतिक मानिन्छ। शास्त्रीय मान्यता अनुसार जब माँ गंगाकी अवतरण पृथ्वीमा भयो तब उनीको प्रचण्ड धाराको धारण गर्नका लागि भगवान शिवले उनलाई आफ्नो जटामा समाहित गरिदिए। माँ गंगाकी प्रवाह जीवनमा निरन्तरता, पवित्रता एवं आत्मशुद्धिका प्रतीक हो। भगवान शिव सृष्टिको प्रत्येक प्राणी प्रति कति करुणामय र संवेदनशील छन् भन्ने कुरा गंगा प्रवाहले उजागर गर्छ। शिव शव्दले ज्ञान र आनन्दले भरिपूर्ण शाश्वत ईश्वरलाई जनाउछ। जसलाई सबैले चाहन्छन्  उसलाई शिव भनिन्छ। शिव शव्दको अर्थ शाश्वत आनन्द हो, परम कल्याण हो। त्यसैले शिवलाई कल्याणको निवास मानिन्छ।

गंगा प्रवाह जीवनमा निरन्तरता, पवित्रता एवं आत्मशुद्विको प्रतिक मानिन्छ। भगवान शिव सृष्टिको प्रत्येक प्राणीप्रति कति करुणामय र संवेदनशिल छन् भन्ने कुरा गंगा प्रावाहले उजागर गर्छ।

तिब्बत स्थित कैलाश पर्वत उनको निवास हो। महादेवलाई योगिका आदिनाथ एवं तपस्वीका प्रतीक हुन् । कैलाश पर्वत उनको तप र साधन स्थान जहाँ ध्यानमग्न भइ ब्रह्माण्डको अनन्त शक्तिको अनुभव गर्छन्। महादेव एक यस्ता योगी जो  सांसारिक मोह – मायादेखि पर तप, साधना र ध्यानमा समर्पित    योगी। उनको पर्वत निवासले यस कुराको शिक्षा दिन्छ कि व्यक्तिका जीवनमा साधना, तपस्या र सयंम प्रतिको महत्त्वलाई इशारा गर्छ। आध्यात्मिक उन्नति बाह्य शक्तिको प्रदर्शनले नाप्न सकिन्दैन, तर योग साधनाद्वारा पूर्णतया ध्यानमा गहिरो आनन्दप्राप्ति लिन सकिन्छ। किनकि भौतिक तथा आध्यात्मिक सम्पन्नता ऋत् , विश्वविधान वा प्राकृतिक सत्याचरणको आधारभूत अनुभुति हो। ईश्वरमा अथवा प्रचुरसम्पन्न प्रकृतिकी मायारुपिणी देवीमा कन्जुस्याइँ हुँदैन।

प्रकृति प्रेरणा र आध्यात्मिक जागृतिको स्रोतभएको हुँदा हामी भन्छौं कि सम्पूर्ण प्रकृति र जगत शिवमय छ।

भगवान शिवलाई ” संहार ” का देवता रूपमा मानिन्छ। भगवान शंकरको सौम्य आकृति एवं रौद्ररुप विख्यात छन्। अन्य देवता भन्दा उच्च स्थानमा महादेवलाई मानिएको छ। सृष्टिको उत्पत्ति, स्थिति एवं संहारका अधिपति शिव हुन् । त्रिदेवमा भगवान शिव संहारका देवता मानिन्छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् । जो सृष्टि समापनका प्रतीक हुन्। परन्तु उनी संहारक मात्र नभएर बल्कि सम्पूर्ण प्राणीका रक्षक पनि हुन्। उनकै अस्तित्वले जीवन र मृत्यु बीचको संतुलनलाई बुझाइ दिएको छ। भगवान शिवको यी अद्वितीय स्वरुपले प्रकृतिसँग सामंजस्य रहने र प्रकृतिको  संरक्षण गर्ने प्रेरणा मिल्छ।

श्रावण मास भगवान शिवको अतिप्रिय मास जहा ब्यक्ति सकारात्मक ऊर्जाका साथ आध्यात्मिक कृयामा संलग्न हुन्छन् । यस समयमा पुरा वातावरण शिवभक्तिमा व्याप्त रहन्छ। श्रावण मासमा जप, तप, योग, ध्यान, साधना तथा तिर्थाटन गर्न भक्तजन, साधक – साधिका एवं श्रद्धालुहरु समर्पण भावले स्वत:स्फुर्त एक कठिन यात्रा गर्दछन्। भक्तहरु विभिन्न स्थानदेखि अलगअलग नदिनालाबाट जल ल्याई भगवान प्रति पूर्ण श्रद्धाका साथ जलाभिषेक गर्दछन्। सामाजिक समरसता एक यस्तो मिसाल हो, जहाँ एकसाथ सत्संग, भजन कृतन, प्रार्थना एवं धेरै टाढासम्म धार्मिक यात्रा सामुहिक गर्छन्।

भाषा अलग, जाति अलग, वर्ग अलग, समुदाय अलग तर भावना एक। त्यसैले सनातन संस्कृति र धर्मले घरदेखि समाज, समजदेखि राज्य र राज्यदेखि देश विदेशसम्मका व्यक्तिका बीचमा भाइचारा, सालोक्य, विश्वबन्धुत्व एवं धार्मिक सहिष्णुता कायम गर्दछ। यही साहचर्यको सैद्धान्तिक पक्ष हो। सनातन आस्थामा विनम्रता र सर्वसमावेशी सतत विकासको बैज्ञानिक सोच रहिआएको छ।

वैदिक खगोलिय अवधारणा अनुसार सूर्यको राशि परिवर्तन यानी अर्को राशिमा संक्रमण गर्नु। सूर्यको दक्षिणतर्फ गमन हुनु अर्थात् मिथुन राशिबाट सूर्य   कर्कट राशिमा प्रवेस गरेसँगै दक्षिणायन आरम्भ हुने र सोही दिनलाई श्रावण संक्रान्ति भनिन्छ। श्रावण महिनालाई एक पर्वको रूपमा मनाइन्छ। श्रावण महिनालाई मासोत्तम पनि भन्ने गरिन्छ। वैदिक पञ्चाङ्गा अनुसार सबै महिना कुनै न कुनै देवताका साथ सम्बन्ध रहन्छ, भन्ने श्रावण महिना भगवान शिवका साथ देख्न सकिन्छ। यसको विषयमा स्कन्द पुराणमा स्वयं भगवान शिव भन्नुहुन्छ – सनत कुमारसँग वर्षको द्वादश मासमध्ये श्रावण मास प्रिय।

द्वादशस्वपि मासेषु श्रावणो मेऽतिवल्लभ:।

श्रवमाहँ यन्माहात्म्यं तेनासौं श्रवणो मत: ।।

– स्कंद पुराण, महादेव – सनत कुमार संवाद

यसको महात्म्य श्रवण गर्न योग्य हो। श्रावण मासको उत्पत्ति श्रवण नामक शब्दबाट भयो। श्रवणको दुई अर्थ रहन्छ। एक अर्थ श्रवण नक्षत्र जो आकाशमा देखिन्छ, दोश्रो श्रवणको अर्थ सुन्नु हो। यसैले यी दुई आधारमा यस महिना सर्वाधिक प्रिय रहन्छ। श्रवण नक्षत्रमा चन्द्रमा रहने र यस समयको दौरान व्यक्तिमा शास्त्रप्रति रुचि हुनेहुदा भक्ति र शक्तिका दृष्टिले श्रावण महिना उत्तम मानिन्छ। वेदान्तमा सुन्नुलाई श्रवण विद्याको मुख्य एक साधना मानिन्छ। मानिस त्यो प्राणी हो जसले आफ्नो आचार, विचार र सदाचारले ईश्वरीय सत्तासँग आफूलाई समाहित गर्न सक्छ।

पुरातन संस्कृतिका ज्ञाता ऋषिगण हाम्रो अन्तस्करणसम्म स्वभाविक ढंगले ज्ञान मिलोस् भन्नका निमित्त श्रावण महिनामा सबैभन्दा ज्यादा कथा, प्रवचन, वार्ता र सत्संगको आयोजना गर्ने गर्दथे। एकाग्र भएर सुन्नाले व्यक्तिमा वैचारिक, आध्यात्मिक तथा भावनात्मक उत्थानतर्फ अग्रसर हुन्छ। अतः निश्चित रूपमा ज्ञान प्राप्तिका लागि पहिलो चरण श्रवण हो।

प्राचीन समयमा साधु, सन्त, महात्मा र सन्यासी यात्रा नगरी एकै ठाउँमा रहि कथा सुन्न, सत्वोनाम सुन्न र जीवनको रहस्य बुझ्न प्रयास गर्दथे। संसारिक प्रपञ्चबाट टाढा रहि परमार्थ चिन्तनमा जीवन बिताउँथे। हाम्रा वैदिक सनातनधर्मको मान्यता, मर्यादा, मानवीय ज्ञान एवं कल्याणको निम्ति प्राचीनकालदेखि नै चलिआएको हुनाले यसलाई सनातन संस्कृति भन्छौं।

प्रकृति पूजा नै ईश्वरको पूजा समान मानिन्छ। सनातन धर्म अन्तर्गत विभिन्न देवी – देवतालाई पञ्चभूतका अस्तित्व स्वीकार गरिएको छ, साथै यी सम्बन्धि मन्दिर र धार्मिक स्थल पनि छन्। जहाँ भक्तहरु ती पवित्र स्थलमा उस सर्वोच्च शक्तिको महसुस र विश्वास गर्छन्। यस संस्कृति आफैमा  समृद्ध र विविध विश्वास, प्रथा र अनुष्ठानका निमित्त विशेष मानिन्छ। भक्तजनहरु पवित्र तीर्थ र नदिनालाबाट जल ल्याई शिवलिङ्गमा जलाभिषेक गर्छन्। जलद्वारा नै समस्त पाणिका जीवन संचार हुन्छ। उही जल स्वयं परमात्मा शिवका रुप मान्छौँ। अहिलेको आधुनिकतासँग जोडिएको विलासी जीवन शैली र पुँजीवादी संस्कृति मान्ने व्यक्तिका नजरमा यी विषय जलको अपव्यय हो।

पर्यावरण संरक्षण वा परिवर्धनको संदेश सनातन संस्कृतिमा जीवन – दर्शनको आधार चिन्तनमा निहित हो। पर्यावरण संरक्षण नै आज सम्पूर्ण मानवका मुख्य आवश्यकता हो। प्रकृतिमा असन्तुलन र पर्यावरण पदूषण सबैभन्दा ठूलो संकट निम्त्याएको छ।

यसको पछि आर्थिक  विकासको उपनिवेशवादी ढाँचाले नै आजको पर्यावरणीय फेरबदल हुनुमा ( जलवायु संकट, जैविक विविधता संकट, पर्यावरणको अधिक दोहन) मुख्य हुन्। यसले मानव जीवनको गुणस्तर घटाउनुका साथसाथै अझ डरलाग्दो पृथ्वीकै अस्तित्व खतरामा पुर्याइदिएको छ।

पर्यावरण र धर्म बीचको सम्बन्ध मानव सभ्यताको आरम्भ बाट नै रहिआएको हो। धर्म केवल ईश्वरको उपासना या कर्मकाण्डसम्म मात्र सिमित होइन बल्कि यो एक जीवन दृष्टि जो मनुष्य र प्रकृतिको साथ सन्तुलन र सह-अस्तित्व बनाउन सिकाउछ। सनातन संस्कृतिमा प्रकृतिका तत्व जस्तै- वृक्ष, नदि, पर्वत, सूर्य, चन्द्र एवं पशु-पक्षी यी सबैलाई पवित्र मानिन्छ। किनकि वैदिक सभ्यता आरम्भ बाटनै धर्मले सदैव पर्यावरण संरक्षणलाई नैतिक कर्तव्य मानेको छ। त्यसैले श्रावण महिनामा शिव पूजा प्रकृति पूजाको प्रतिक हो।