२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यिक पत्रकार पन्थी र साह सम्मानित



अ+ अ-

काठमाडौँ। नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवसका अवसरमा ‘विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट शशि पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट रामप्रसाद साह सम्मानित हुनुभएको छ ।

मङ्गलबार यहाँ सम्पन्न स्थापना दिवस कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक पन्थी र ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक साहलाई सम्मान गर्नुभएको हो ।

कुलपति राईले साहित्यिक पत्रकारिताले सर्जकहरू उत्पादन गर्न निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली भाषा साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताले ऐतिहासिक योगदान भुल्न नसकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवालीले सङ्घले साहित्यिक पत्रकारिताको विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रवर्द्धनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भाषा, साहित्य र संस्कृतिको संरक्षणबिना समाज अघि बढ्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले साहित्यिक पत्रकारितालाई राज्यले जति उपेक्षा गरे पनि आफ्नै बलबुताले टिकेको बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकीले साहित्यिक पत्रकारिता व्यक्तिले आफ्नै करबलमा टिकाएकाबारे चित्रण गर्नुभयो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवालले सम्पूर्ण साहित्यिक पत्रकारको साझा सङ्गठनका रूपमा सङ्घले पु-याएको योगदान बिर्सन नहुने धारणा राख्नुभयो । रासस