५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग आगामी सिजनको लागि आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुन: सहकार्य

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग आगामी सिजनको लागि आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुन: सहकार्य
अ+ अ-

काठमाडौँ: बिराटनगर किंग्स यो सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँलाई पुनः आफ्नो आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पाउँदा अत्यन्त उत्साहित छ। गत वर्षको सफल सहकार्य पछि, नेपालको एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्दै अगाडि बढ्न पाउँदा टिमले सकारात्मक अपेक्षा लिएको छ।

राजधानीको मुटुमा अवस्थित हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ आफ्नो अत्याधुनिक आराम, उत्कृष्टसेवा र स्थानीय संस्कृतिको झल्को दिने आकर्षक वातावरणका लागि प्रसिद्ध छ। यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको छ।

यस सहकार्यको अंश स्वरूप, बिराटनगर किंग्सका खेलाडी, अफिसियलहरू तथा महत्वपूर्ण पाहुनाहरूले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभवगर्न पाउने छन्। होटलको सेवामा देखिने निष्ठा र सुस्पष्ट व्यवस्थापनले मैदान बाहिरको समयलाई सहज र सन्तुलित बनाउने विश्वास लिइएको छ।

बिराटनगर किंग्सका व्यवस्थापनलेभने, “हामीहायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनःसहकार्य  गर्न पाउँदा खुसीछौं। वहाँहरूबाट गत सिजनमा प्राप्त आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय  थियो। यसले हाम्रो टिममा सकारात्मक माहोल सिर्जना गरेको थियो। हामी यो वर्ष पनि सँगै काम गर्न आतुर छौं।”

यो सहकार्य केवल आराम र सुविधा सम्म मात्र  सीमित छैन, टिमले सिजन भर संकलन गर्ने समग्र अनुभव सँग पनि जोडिएको छ। यसले टिमको क्रिकेट मैदान बाहिर पनि अविस्मरणीय अनुभवहरू प्रदानगर्ने प्रतिबद्धता झल्काउँछ।

बिराटनगरकिंग्स सधैं  मैदानभित्र र बाहिर उत्कृष्टता प्राप्त गर्न प्रयत्नशील रहन्छ र हायात सेन्ट्रिकसँगको यो सहकार्य सोही दिशातर्फ उठाइएको अर्को महत्वपूर्ण कदम              हो।

बिराटनगरकिंग्सबारे

बिराटनगरकिंग्स नेपाल प्रिमियर लिग अन्तर्गत कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रतिष्ठित क्रिकेट फ्रेन्चाइज हो। यस टिमको उद्देश्य स्थानिय प्रतिभालाई उजागर गर्नु, स्पोर्ट्स म्यानशिपलाई प्रोत्साहन गर्नु र समुदाय सँग सशक्त सम्बन्ध स्थापना गर्दै प्रदेशको गौरव बढाउनु हो।