५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउँः मन्त्री पौडेल



file photo
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गर्नुभएको छ ।

बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान  गर्नुभएको हो । उहाँले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान शुरु गर्न आग्रह गर्नुभयो । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भन्दै ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरु व्यवस्थापन गर्न आग्रह गर्नुभयो । सरकारी कार्यालयहरु जोगाउनसके दर्जनौँ मानिसहरुलाई डेंगुबाट जोगाउन सकिने बताउनु भयो । डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘सरकारी सबै कार्यालयलाई लामखुट्टेरहित, लार्भारहित बनाऔँ । यसको उत्पादन हुने आधारहरु हो, त्यसलाई नष्ट गरौँ । यो ४ महिना कुनैपनि निर्माणको काम नगरौँ । यो ४ महिना निर्माणका सामग्री यत्रतत्र फाल्ने काम नगरौँ । यो ४ महिना कहीँ पनि खाल्डो नखनौँ । यो ४ महिना कतैपनि पानी परेको छ भने त्यो जम्न नदिउँ । कहीँ टायरहरु छन् भने त्यसलाई व्यवस्थापन गरौँ । लार्भा उत्पादनका जति पनि आधार छन् ति सबै नष्ट गरौँ । यो गर्न धेरै नसकिने कुरा पनि होइन । हामीले हाम्रो कार्यालय जोगायाँै भने दर्जनौँ मान्छे जोगिन्छन् । ति दर्जनौँ मान्छे जोगिए भने समाज तुलनात्मक रुपमा सुरक्षित हुँदै जान्छ । ति मानिसहरुले आफूले गरेको काम अरुलाई भन्यो भने अझ बढी प्रचार प्रसार हुन्छ, प्रचार मेकानिजमलाई अझ प्रभावकारी बनाउँ । व्यक्तिमा चेतना फैलाउन जरुरी छ । संयुक्त ढंगबाट मिलेर यो अभियानलाई अघि बढाउनु पर्छ ।’

मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गर्नुभयो । आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने बताउनु भयो । उहाँले सरकारी कार्यालयहरु सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताउनु भयो । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रुपमा सरसफाईमा लाग्न आग्रह गर्नुभयो ।




भर्खरै