२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनिषा कोइरालालाई मानार्थ विद्यावारिधि



अ+ अ-

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

सामाजिक सञ्जालमा एक भिडियोसहित पोस्ट लेख्दै मनिषाले यसबारे जानकारी दिएकी छन् ।

सम्मान ग्रहण गर्दै गरेको भिडियो सेयर गर्दे उनले लेखेकी छन्, – ‘म यहाँ शिक्षाको परम्परागत बाटो भएर आएको व्यक्तिको रूपमा होइन, जीवनमा कडा परिश्रम, असफलता, लचिलोपन र सेवामार्फत सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्ने भन्दा बढी अर्थपूर्ण छ। यो प्रमाण हो कि तपाईं जहाँबाट सुरू गर्नुहुन्छ, तपाईंको यात्रा महत्वपूर्ण छ । मेरो जीवनको कथामा मूल्य देख्नुभएकोमा ब्राडफोर्ड विश्वविद्यालयलाई धन्यवाद ।’

अभिनेत्री पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ मा देखिएकी थिइन् ।