२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु न्यायको विषय संसद्लगायत मञ्चमा उठाउने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जलवायु न्यायको विषय आफूले संसद्लगायत विभिन्न मञ्चमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा उहाँले जलवायु परिवर्तनको प्रभाव सबै क्षेत्रमा पर्ने भएकाले यो मुद्दा सबै मञ्चमा उठाएर जागरण फैल्याउनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तन हालको मुख्य मुद्दा भएकाले यसमा सरोकार भएका सबै निकायले काम गर्नुपर्ने नेता कोइरालाको भनाइ थियो । संविधान संसोधनका सन्दर्भमा शान्ति समाजले अघि सारेको एजेण्डा महत्त्वपूर्ण भएको पनि उहाँले बताउनुभयो ।

समाजका सभापति रेनुका पौडेलले संस्थाको गतिविधिकाबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य रोजिना विष्टले जलवायु न्यायसम्बन्धी शान्ति समाजको १० बुँदे धारणा प्रस्तुत गर्नुभएको थियो । समाजले संविधान संशोधनका गर्दा समेट्नुपर्ने विषयबारे अभियान सञ्चालन गर्दै आएको छ ।

यसैगरी विगत दुर्ई दशकदेखि प्राकृतिक विपत्तिका दौरान उद्धार, राहत र पुनर्वासका लागि बलियो स्थायी संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै आइएको समाजका कोषाध्यक्ष चन्द्रमणि बञ्जाराले बताउनुभयो ।

कार्यक्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, पूर्वसभापतिहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र विभिन्न शाखा सदस्यहरूको सहभागिता रहेको थियो ।