१५ भाद्र २०८३, सोमबार
,
Latest
चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबी र असमानता अन्त्यका लागि भूमि अधिकार आवश्यक: मुख्यमन्त्री कँडेल



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्यका लागि भूमिको स्वामित्व आवश्यक रहेको बताउनुभयो ।

आज यहाँ भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रममा उहाँले जग्गाको स्वामित्व नभएको व्यक्तिले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने भन्दै त्यही कारण सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेको उल्लेख गर्नुभयो ।

मख्यमन्त्री कँडेलले भूमिहीन तथा अव्यवस्थित  बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको बताउनुयो ।

“हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ”, उहाँले भन्नुभयो,“आगामी दिनमा क्रमशः भूमिहीन र सुकुम्बासी परिवारलाई प्रमाणपुर्जा वितरणको कार्यलाई तीव्रता दिनेछौँ ।”

मुख्यमन्त्री कँडेलले चौकुने गाउँपालिका वडा नं ७ र ८ का १०४ जना भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुभएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका संयोजक तथा सदस्यहरू, चौकुने गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षहरू, सरोकार भएका निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो । रासस