३१ असार २०८३, बुधबार
,
Latest
मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रश्तुत भएको सांसद महन्थ ठाकुरको आरोप सांसदहरूले सेबोनलाई भनेः ‘पुँजी बजार सुधारको स्पष्ट कार्ययोजना चाहियो’ १० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति नागरिकका समस्या समाधानमा सरकार असफलः नेकपा सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री शाहको दाबी, होटल व्यवसायीका माग सम्बोधन गर्ने श्रीलंका प्रस्थान गरे प्रचण्ड, एसियाली क्षेत्रीय स्थायित्व सम्मेलनमा सहभागी हुने सरकारले आतंक सिर्जना गरेर शासन गर्न खोजेको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री



अ+ अ-

काठमाडौँ ।  नेपाली खेलकुदका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले खेल सामाग्री र स्वास्थ्य परीक्षणको उपकरणसहित ठूलो मूल्य बराबरको सहयोग गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार एक कार्यक्रमबीच चीनको युनान खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई उक्त सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो । सो कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् । विभिन्न ३४ प्रकारका उक्त सामाग्री करिव ८५ लाख रुपैयाँ बराबर रहेको राखेपले जनाएको छ । यसअघि नै यो सामग्री किन्नका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले चेक प्रदान गरेको थियो ।

गत वर्ष कात्तिक २४ गते पोखरामा सम्पन्न एक कार्यक्रमका बीच युनान प्रादेशिक खेलकुद ब्युरोले तत्कालीन समयमा राखेपकी निमित्त सदस्यसचिव अञ्जना श्रेष्ठ मास्केलाई उक्त चेक हस्तान्तरण गरेको थियो । सोही रकम बराबरको खेल सामाग्री मंगलबार राखेपलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी र प्रशिक्षक लगायतको उपस्थित थिए ।

सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सदस्यसचिव टंकलाल घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको उल्लेख गर्दै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिवद्धता पाएको विश्वास व्यक्त गरेका छन् । साथै घिसिङले २० औं एशियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेको र दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरूको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने पनि उल्लेख गरे ।

साथै उनले त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताएका छन् । डेपुटी चिफ दि मिसन वाङले नेपाली खेलकुदको विकास थोरै भए पनि टेवा पुग्ने उल्लेख गर्दै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गरे । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।