काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लकेन लिम्बूले कम्बोडियाको शीर्ष डिभिजनको प्रतियोगिता खेल्ने भएका छन् ।
उनलाई सो प्रतियोगिताका लागि किरिभोङ सोक सेन चे एफसीले अनुबन्धित गरेको हो ।
कम्बोडियन प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्टदेखि सुरु हुँदैछ, जसमा ११ क्लब सहभागी हुने छन् ।
२२ वर्षीय लकेनले भारतको दिल्ली एफसीबाट इण्डियन लिगसमेत खेलिसकेका छन् ।
नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीको कप्तानी सम्हालिसकेका लकेनले थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिग पनि खेलिसकेका छन् ।
पछिल्लो दुई वर्षदेखि नियमित राष्ट्रिय टिममा पर्दै आएका उनी हालका उत्कृष्ट मिडफिल्डरमध्ये एक हुन् ।










