२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनस्वास्थ्य प्रयोगशालालाई आईएसओको मान्यता



अ+ अ-

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आईएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको छ । पछिल्लो समय विश्वमा नै कोरोना संक्रमणले मानव अस्तित्व नै जोखिमा पारिरहेको बेला नेपालको एउटै मात्र राष्ट्रिय प्रयोगशाला टेकुले ल्याब सुधार गरेर कोरोना परीक्षणमा विश्वास जितेकै कारण अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आईएसओ) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आइएसओ १५१८९ः२०१२ मान्यता प्रदान गरेको हो ।

कोरोना संक्रमणका कारण लकडाउन भएकाले नेपालमै पहिलो गुणस्तरमापन आईएसओ प्राप्त गर्ने सरकारी निकायको पहिलो संस्था राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई स्वास्थ्य सेवा विभागमा औपचारिकता पूरा गरी मंगलबार प्रमाणपत्र उपलब्ध गराएको हो ।

आईएसओ नेपालका प्रमुख कार्यकारी डा. सीताराम जोशीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई साक्षी राख्दै विभागमा प्रयोगशालाका निर्देशक डा. रुणा झालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।