२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमा रहेका युवकले आत्महत्या गरेपछि धनुषामा तनाव



symbolic picture
अ+ अ-

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदाले थुनुवा कक्षभित्रै पासो लगाएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् ।
अहिले सबैलाको अवस्था तनावग्रस्त बनेको छ । जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताए ।