२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिरा बिक्री गर्ने तीन जना प्रहरी नियन्त्रणमा



अ+ अ-

अमरगढी । डडेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
 
भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले जाँच गर्ने क्रममा डडेल्धुरा सदरमुकामबाट दुई जनालाई पक्राउ गरेको हो । अमरगढी नगरपालिका–५ कीर्तिपुर र तुफानडाँडा बजारबाट दुई जनालाई मदिरा बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका वडा नं १० राई बस्ने सन्तोष ऐर, अमरगढी–५का दानबहादुर बोहरा र जनकसिंह विष्ट पक्राउ परेका हुन् । उनीहरु तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाइ सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत सात÷सात दिन कैद सजाय तोकिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।