२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले जस पाउला कि भनेर चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा संसदमा देखिएको एकताप्रति आभार प्रकट गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुबाट असाधारण राष्ट्रिय एकता देखिएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभएको हो । दलिय व्यवस्था र संसदीय अभ्यासमा राष्ट्रिय एकताका परिस्थितिहरु कहिलेकाही मात्रै देख्न पाईने भन्दै उहाँले राष्ट्रिय समस्यासंग जुध्न र साझा चुनौतिको सामना गर्न संसद जिम्मेबार र एकताबद्ध भएर हिड्न तयार र सक्षम छ भन्ने कुराको संदेश दिएको भन्दै उहाँले संसदमा उपस्थित राजनीतिक दल र सांसहरुप्रति धन्यवाद र आभार व्यक्त गर्नुभयो । साथै नेपाली भूमि र भूमि माथिको न्यायोचित हक अधिकार र हक स्थापित गर्ने साझा विषयमा संसदबाहिर देखिएको एकताप्रति पनि उहाँले सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नुभयो । पुर्खाले लडेर बचाएको देश भएकाले वर्तमान अवस्थमा राष्ट्रियताको विषयमा अडिन सक्नुपर्ने र त्यसका लागि सबैको ऐक्यवद्धता प्राप्त राम्रो विषय भएको बताउनुभयो । उहाँले राष्ट्रियताको सवालमा कसैलाई देवकत्वकरण गर्ने भन्ने सवाल नै नभएको भन्दै उहाँले लामो समय देखि जनस्तरबाट उठेको राष्ट्रियताको सवालमा फलाकिलो भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साझा विषय बनाएर सबैको एकताका साथ गरिने कामको जस सबैलाई जाने बताउनुभयो ।

उहाँले भन्नुभयो “कसैले जस पाउला कि भनेर चिन्ता गर्नुपनि पर्दैन को जसबाट छुट्ला कि भन्ने चिन्ता मान्नु पर्दैन । ”