१ भाद्र २०८३, सोमबार
,
Latest
स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’



अ+ अ-

पाटन, (ललितपुर) । संस्कृति शिरोमणि हरिराम जोशीले भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।

साझा प्रकाशनले सोमबार केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा आयोजना गरेको २१२औँ भानुभक्तजयन्ती विशेष कार्यक्रममा उहाँले नेपाली साहित्य आकाशमा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाले सबैभन्दा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको बताउनुभयो ।

“आचार्य राष्ट्रियस्तरमा र देवकोटा अन्तरराष्ट्रियस्तरमा साहित्यकारका रूपमा परिचित हुनुहुन्छ । भानुभक्त र देवकोटालाई म समान दृष्टिले हेर्छु, भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन योगदान दिएको छ । देवकोटा विश्वसाहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । दश दिनमा सुलोचना महाकाव्य लेखेर इतिहास कायम गर्नुभयो, देवकोटालाई महाकविको उपाधि जनताले दिएका हुन्”, उहाँले भन्नुभयो ।

संस्कृति शिरोमणि जोशीले भानुभक्तको कृति सधैँ अमर रहेको भन्दै भानुभक्तले साहित्यमार्फत सांस्कृतिक, राजनीतिक र नैतिक चरित्रका क्षेत्रमा ठूलो योगदान दिनुभएको उल्लेख गर्नुभयो ।

“जुनबेलासम्म नेपाल रहन्छ, त्योबेलासम्म भानुभक्तको पहिचान र चर्चा रहन्छ, भानुजयन्ती हैन, जन्मोत्सव हुनुपर्छ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई एकतामा बाँध्ने काम भानुभक्तको साहित्यले गरेको छ”, उहाँले भन्नुभयो ।

साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्राध्यापक डा रमेश भट्टराईले साझा प्रकाशनले हिजो कर्मचारीलाई तलब खुवाउन नसकेको अवस्थाबाट पुनर्जीवन प्राप्त गरिरहेको भन्दै नयाँ सञ्चालक समिति आएपछि सुधार हुँदै गतिशील यात्रामा पुगेको बताउनुभयो ।

उहाँले भानुभक्त र संस्कृति र राजनीति, भूगोल समाजको प्रतिविम्बमा आधारित रहेर सिर्जित भानुभक्तको रामायणमार्फत तत्कालीन समाज र मौलिकतालाई उजागर गर्ने प्रयत्न गरिएको बताउनुभयो । भानुभक्तले सृजनाका माध्यमबाट नैतिकतासँगै समाज र राजनीतिलाई जोड्ने काम गर्नुभएको उहाँले धारणा राख्नुभयो ।

कवि एवं गीतकार दिनेशचन्द्र थपलियाले ‘असारको महिना’ शीर्षकमा कविता वाचन गर्दै सृजना भाषा साहित्यको गहनाका रूपमा रहेका उल्लेख गर्नुभयो । कार्यक्रममा स्रस्टा विणा आचार्य, छन्दकवि प्रभा भट्टराई, धीरेन्द्र प्रेमर्शीलगायतले कणप्रिय, मर्मस्पर्शी साहित्यिक रचना वाचन गर्नुभएको थियो । रासस