२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन् ।

दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् ।

“भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्”, बोहराले भन्नुभयो, “पाँचै जनाको दोधारा(चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।” रासस




भर्खरै