९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ



अ+ अ-

पोखरा। पोखराको छोरेपाटन माध्यमिक विद्यालयमा उत्पन्न विवादपछि विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि मोसो दलिएको घटनामा संलग्न तीन जना युवा पक्राउ परेका छन्।

कास्की प्रहरीले घटनालाई योजनाबद्ध रूपमा अघि बढाइएको निष्कर्ष निकाल्दै तीन अभियुक्तलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नेकपा बहुमतका व्युरो केन्द्रिय सदस्य सुजन आयम उर्फ लोकेन्द्र विश्वकर्मा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ गण्डकी प्रदेश संयोजक राजन साउद, र कास्की संयोजक वासुदेव बुढा रहेका छन्।

उनीहरूमाथि सार्वजनिक स्वार्थ, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कार्य मानेर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ। अनुसन्धानलाई अगाडि बढाउन अदालतबाट १० दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ।

साथै, प्रहरीले घटनासँग जोडिएका विभिन्न सहयोग संकलन रसिदको अर्धकट्टी समेत बरामद गरेको छ, जसले घटना योजनाबद्ध रूपमा भएको आशंका थप बलियो बनाएको छ।