१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा



अ+ अ-

ब्रसेल्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा ३० प्रतिशत भन्सार वृद्धि गर्ने चेतावनी दिँदा युरोपेली नेताहरू आश्चर्यचकित भएका छन् ।

युरोप र अमेरिकाबीच व्यापार सम्झौता नजिक भएको विश्वास भइरहँदा शनिबार यो पत्र प्राप्त भएपछि आशाहरूमा केही अवरोध आएको छ । ट्रम्पले अगस्ट १ सम्म सम्झौता नभए तीन गुणा बढी भन्सार लागू हुने बताउनुभयो ।

कुनै सदस्य राष्ट्रहरूलाई यो सूचना अप्रत्याशित तरिकाले प्राप्त भएको थियो। फिनल्यान्डका व्यापार मन्त्रीले भन्नुभयो, “हामी सम्झौता नजिक भएको महसुस गरिरहेका थियौं, तर अमेरिकी पक्षको यस अनपेक्षित निर्णयले हामीलाई केही चकित बनायो ।”

ट्रम्पले हालै जापान, दक्षिण कोरिया लगायतका अन्य देशहरूमा पनि भन्सार वृद्धि गर्ने निर्णय गरिसकेका छन् । यद्यपि, युरोपेली सङ्घका नेता अझै पनि वार्ताको सकारात्मक नतिजामा विश्वास राखेका छन्। प्रमुख वार्ताकार सेफकोभिकले भन्नुभयो, “हामी अमेरिकी प्रशासनसँग संवादमा छौँ र अगस्ट १ भित्र सम्झौता गर्न सक्ने आशा राख्छौं ।” (रासस/एएफपी):




भर्खरै