१२ श्रावण २०८३, मंगलवार
,
Latest
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा



अ+ अ-

मोरङ। कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् ।

प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार ३० गतेसम्ममा प्रदेशका एक हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको जानकारी दिइएको हो ।

कोशी प्रदेशलाई यही असार ३२ गतेभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलियाले जानकारी दिनुभयो ।

उहाँले वडा, स्थानीय तह र जिल्ला घोषणा भइसकेकाले चालु आर्थिक वर्षभित्रमै प्रदेशलाई पनि पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरिने बताउनुभयो । उहाँले नियमित खोप कार्यक्रममा केही बालबालिका छुट्ने गरेको पाइएकाले आगामी वर्षहरुमा शून्यमा झार्न निर्देशन दिनुभयो ।

प्रदेश खोप समन्वय समितिबाट प्रमाणित गरिएको कागजात राष्ट्रिय खोप समन्वय समितिमा अनुमोदनका लागि पठाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा खोप समन्वय समितिका सदस्य सचिव ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । रासस