१४ असार २०८३, आईतवार
,
Latest
नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी हुन् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी गर्नुभएको छ ।  

प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले पछिल्लो समय स-साना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यसकिसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताउनुभएको हो ।

“राष्ट्रपतिको विरुद्ध लगातार,अनवरत, हरेक स–साना निहुँमा आक्रमणको तारो बनाईन्छ । मैले त्यसलाई गणतन्त्र विरुद्धको एउटा साजिसको रुपमा मात्रै, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने रुपमा बुझेको छु । के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? चुपलागेर बस्ने राष्ट्रपति चुप लागेर बस्या छ । त्यो भन्दा बढी राष्ट्रपतिले के गर्नुपथ्र्यो ?”

राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै उहाँले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गरिनु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन् । कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको ? जे मा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन । दुवो काटेर चौरी चिटिक्क पारियो । अहिले चौरी चिटिक्क पार्ने कि कोरोनाका विरुद्ध लड्ने भन्ने ? अनि राष्ट्रपतिले कोरोनाका विरुद्ध नलड चौरी चिटिक्क पार् भन्या हो र ? ”